५ जुलाईमा दम्माम बाट नेपाल एअरलाइन्स उड्ने बारे अत्यन्त जरुरी सुचना, नेमलिस्ट पनि आयो

५ जुलाईमा दम्माम बाट नेपाल एअरलाइन्स उड्ने बारे अत्यन्त जरुरी सुचना, नेमलिस्ट पनि आयो

उज्यालो नेपाल, असार १७- साउदी अरबको रियादमा रहेको नेपाली राजदुतावासले साउदी अरबको दम्माम बाट नेपाल एअरलाइन्सको पहिलो चार्टर्ड उडान मार्फत नेपाल फर्कने नेपालीहरुको लागी अत्यन्त जरुरी सुचना जारी गरेको छ ! जुलाई ५ मा हुने उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्सको दम्माम  स्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको सुची पनि सार्वजनिक गरेको छ ! राजदुताबासको सुचना र उक्त नामावली हेरेर सबैको जानकारीको लागी अवश्य शे-यर गर्नुहोला !

मिति 5 जुलाई २०२० मा नेपाल एयरलाईन्सले दमामबाट गर्ने दोस्रो चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

नेपाल एयरलाइन्सले साउदी अरबको दमामबाट यही मिति ५ जुलाई २०२० मा पहिलो चार्टर्ड उडान गर्ने जानकारी प्राप्त भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्सको दमामस्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको छ ।उक्त सूचि यसै सूचनामा समेत संलग्न छ । सम्पूर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ ।

  • हवाई भाडा दर: अमेरिकी डलर 4३० (साउदी रियाल करिब १६१०)
  • राजदूतावासबाट यस अघि विभिन्न मितिमा प्रकाशित गरेका सूचिमा नाम परेका तर हालसम्म स्वदेश फर्की नसकेकाहरु स्वदेश नफर्किँदासम्म प्राथमिकता सूचिमै रहने सम्बन्धित यात्रु तथा एयरलाईन्सलाई जानकारी गराइन्छ ।
  • हवाई टिकटको लागि नेपाल एयरलाईन्सले तोकेको Gilt Travels and Tours Pvt.Ltd. का श्री रमेश श्रेष्ठ, फोन नं +00966 583951234, ओम बहादुर कुमाल फोन+0966 595861166, +00966 596820414, +00966 580596140 , +00966 553101644 (Whats App) ईमेल ठेगाना : sureshrajtripathee77 @ gmail.com मा सम्पर्क गर्न अनुरोध छ । (टिकट बुकिङ गरेपछि मात्र कोभिड-१९ टेष्ट गर्नुहोला )
    ४. COVID-19 को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन अनुरोध छ ।सो परीक्षणका लागि निम्न बमोजिम सम्पर्क गर्न सक्नुहुनेछ ।

Dammam

Health Care Polyclinic (CR No. 2050110244), Rihan Hajiameen, Operation Manager, Address: 17th Street Al-Souq, Opp to Islamic Dawah Center, Dammam 32242 KSA, परीक्षण शुल्क: SAR 160.00

Jubail

Gulf Asian Medical Center, (Department of Laboratory Medicine), Email: info @ gulfasianhealthcare.com, Website: www.gulfasianhealthcare.com, Address: King Abdulaziz Road, P.O.box1714,, Jubail City 31951, KSA, परीक्षण शुल्क: SAR 132.00

(कोभिड-१९ परिक्षण नेगेटिभ भएको कागजात अनिवार्य रुपमा टिकटसँगै राख्नुहोला )

  • यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ ।
  • स्वदेश फर्किने सबैजनाले काठमाडौँ विमानस्थलमा कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनी कागजातमा हस्ताक्षर गर्नुपर्ने छ ।

नेपाली राजदूतावास, रियाद। १७ असार २०७७

प्राथमिकताको आधारमा तयार गरिएको नामावली 

नालामा डुबेर चितवनमा शिशुको मृत्यु

Previous article२, ४, ७ र ९ जुलाईमा कतार बाट हुने नेपाल एयरलाइन्सको उडानका लागि यात्रुहरुको सूची
Next article६ जुलाईमा दम्माम बाट हिमालयको सातौ उडान उडानबाट स्वदेश फर्कनेनेपालीहरुका लागि अत्यन्त जरुरी सूचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।