प्रचण्ड निवासमा प्रधानमन्त्री ओलीबाहेकका नेताहरुको बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको बैठक आज शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवासमा बस्यो । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भने उपस्थिति थिएन । बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन गर्न थप दबाब दिने निष्कर्ष निकालेको छ ।

सचिवालयको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्ने अडान यसअघि नै दाहाल र बरिष्ठ नेता नेपाल निकट नेताहरुले राख्दै आएका छन् । करिव दुईघन्टा चलेको बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम लगायतका नेता सहभागी थिए । थिए ।

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय पाटीले गरे पनि प्रधानमन्त्री ओलीले यो निर्णय कार्यान्वयन नगर्ने बताएपछि नेकपाका शीर्ष नेताहरुको बैठक आज बिहान प्रचण्ड निवासमा बसेको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एकजना राष्ट्रियसभा सदस्य पदमा पार्टीले गौतमलाई सिफारिस गरेको छ भने प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई मनोनित गर्ने पक्षमा छन् ।

राष्ट्रिय सभामा मनोनित गर्ने सांसद सरकारले सिफारिस गर्ने कानूनी ब्यवस्था भएपनि पार्टीको निर्णय नै आधिकारिक हुने निस्कर्ष बैठकले निकालेको बताइएको छ । पार्टी निर्णय कार्यान्वयन नगरे प्रधानमन्त्री ओलीलाई कारवाही गर्नुपर्ने विषय पनि बैठकमा उठेको बताइएको छ ।

The post प्रचण्ड निवासमा प्रधानमन्त्री ओलीबाहेकका नेताहरुको बैठक appeared first on Rajdhani Daily News.

१२५ सीसीको डबल सिट भएको पल्सर बाईक आयो; यस्तो छ मूल्य र बनावट

Previous articleजाजरकोटमा गिद्धको नयाँ प्रजाति फेला
Next articleप्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्नुहुन्छ : प्रचण्ड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।