‘आँप टिपिदिने भन्दै बगैँचामै जब’रज’स्ती क’रणी, अनि मा’रेर झाँडीमा फा’ल्ने ’, भारतीय नागरिक समातिए

‘आँप टिपिदिने भन्दै बगैँचामै जब’रज’स्ती क’रणी, अनि मा’रेर झाँडीमा फा’ल्ने ’, भारतीय नागरिक समातिए

जनकपुरधाम, २२ असार । एघार वर्षीया बालिकाको जबरजस्ती करणी गरेर ह’त्या गरेको आरोपमा एक जना भारतीय नागरिक प’क्राउ परेका छन् । अभियुक्त भारतकाे उत्तर प्रदेश राज्यको काकोरी ग्राम पञ्चायत वडा नम्बर ११ बस्ने ३२ वर्षीय दिपु सिंहलाइ साेमबार प्रहरीले सार्वजनिक गरेका हाे ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ बस्ने विनोद पञ्जियारकी ११ वर्षीया छोरी कञ्चन कुमारी पञ्जियारको ब’लात्कारपछि ह’त्या भएको थियाे । गत १७ गते भैँसी चराउन आँपको बगैँचा पुगेकी कञ्चन बेपत्ता बनेकी थिइन् । त्यसको दुई दिनपछि दुधमती नदी छेउमा उनको शव अर्धन’ग्न अवस्थामा फेला परेको थियो ।

घट’ना स्थल

प्रहरी अनुसन्धानबाट चौधरी एन्ड मिश्र इन्डस्ट्रिजमा चार–पाँच महिनअघि काम गर्न आएका सिंहले इन्डस्ट्रिजमा आँप टिप्न आउँदा कञ्चनलाई आँप दिन्छु भन्ने प्रलोभन देखाएर बगैँचाको एकान्त कुनामा लगेर ब’लात्कार गरेकाे र लगत्तै ह’त्या गरेको खुल्न आएको छ ।

ह’त्यापछि उनले शवलाई सोही ठाउँमा लुकाएर भोलिपल्ट बिहान आफूले प्रयोग गर्दै आएको ब्ल्याङ्केटमा बेरेर दुधमती नदी नजिकको झाडीमा फालेका थिए ।सिंहले प्रहरी समक्ष ब’लात्कारपछि ह’त्या गरेको स्वीकार गरेका छन् । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तेलको मूल्य सीमा निर्धारणका कारण रूसी राजस्व सङ्कलनमा गिरावट

Previous articleतिन करोड नेपालीका प्रिय मान्छे कुलमानलाई पि’तृ’शो’क, बाथरुम जाने क्रममा बे’होस भएर बुवाको मृ’त्यु
Next articleमानवको नाममा क’लङ्क: बुहारी ऐया ऐया भन्दै रुँदै, ससुरा बेल्टले कु’ट्दै गरेको भिडियो बाहिरियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।