
पर्सामा लागु औषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
शुक्रबार चितवनको नारायणघाटमा गाँजा खरिदगरी भारततर्फ लैजाँने क्रममा उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा विहारको छपरा ग्राम महुली–२ थाना तरैयाका ३५ वर्षीय दिनेश सहनी, २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी रहेका छन्। उनीहरुको साथबाट ६ किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
प्लास्टिकमा पोको पारेर पेटमा डोरीले बाँधेर वीरगञ्ज १६ शंकराचार्य गेटनजिकै सडकमा पैदल हिँडिरहेका अवस्थामा उानहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
सलह खान लागेको आज तेस्रोदिन भयो, लगातार चार छाक खाएँ कुनै अफ्ठेरो महशुस गरेको छैन


