चीनबाट फर्केपछि मंगोलियाका राष्ट्रपति नै क्वारेन्टाइनमा

एकदिने चीन भ्रमणबाट फर्किएपछि मंगोलियाका राष्ट्रपति खल्तमागिन बातुल्गा १४ दिने क्वारेन्टाइनमा बसेका छन्।

कोरोना संक्रमण रोकथामका लागि राष्ट्रपति बातुल्गासहित अन्य थुप्रै सरकारी अधिकारीहरु अहिले क्वारेनटाइनमा बसेको बताइएको छ।

बिहीबार राति उनीहरु चीनबाट फर्केका थिए।

उनीहरुको प्रतिनिधिमण्डलले चीनमा राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङलाई भेटेको थियो।

भ्रमणको क्रममा बातुल्गाले चीनलाई ३० हजार भेडा प्रदान गर्ने घोषणा पनि गरेका थिए।

मंगोलियामा हालसम्म कोरोना संक्रमित फेला परेका छैनन्। यद्यपि रोकथामको उपायलाई तीव्रता दिइएको छ। एजेन्सी

विवाद कार्यकर्ता तहमा पुग्यो: ओली र प्रचण्ड समर्थकबीच झड’प (भिडियो)

Previous articleनेपालबाट भारततर्फ गाँजा तस्करी गर्ने तीन भारतीय पक्राउ
Next articleकमेडी च्याम्पियनका सुमन गृहनगर ईटहरीमा, भन्छन ‘फाईनलमा दलेदाई-२ आउन सक्छ’ (भिडियो सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।