नेपाल विकास र समृद्धिको नयाँ युगतिर : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विकास र समृद्धिको नयाँ युगतिर जाने जमर्को गरिराखेको बताएका छन् । नेपाल पोल्ट्री महासङ्घले आजदेखि यहाँ आयोजना गरेको नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० को उद्घाटन गर्दै उनले व्यवसायका क्षेत्रमा अनुसन्धान र उत्पादकत्वबारे अध्ययन हुनुपर्ने बताए ।

विश्वभरका विभिन्न कम्पनी र तिनका प्रतिनिधिलाई यहाँ देख्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउँदै उनले नयाँ प्रविधि बुझेर त्यसलाई प्रयोग गर्न सिक्ने आधार बन्दै गएको बताए । उनले भने, ‘यो प्रदर्शनी नेपालको समग्र विकासको प्रयासमा एउटा नयाँ योगदानको आधार भएको महसुस गरेको छु । यसले पोल्ट्री व्यवसायको मात्र नभएर समग्र आर्थिक र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँछ ।’

‘हामीलाई विगतका थुप्रै नकारात्मक विराशतले पछ्याइरहेको छ,’ विगतका नकारात्मक कुरालाई अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘व्यवसायका क्षेत्रमा विभिन्न ठाउँमा अनुसन्धान, प्रयोग र उत्पादकत्व वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउने सन्दर्भमा विभिन्न क्षेत्रमा पहल कदमी भइरहेको अनुभूति हुन थालेको छ ।’

कार्यक्रममा महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नेपालको पोल्ट्री व्यवसाय हाल सङ्कटमा रहेको भन्दै सरकारबाट अपेक्षाकृत सहयोग हुन नसकेको गुनासो गरे । तीन दिनसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रदर्शनी मिडिया स्पेस सोलुसन्स प्राली तथा फ्युचरेक्स एण्ड इभेन्ट प्रालीको सहकार्यमा भएको हो ।

प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्टस्, डेरी, पोल्ट्री, दाना, ह्याचरी र मासुजन्य उद्योग लगायतको सम्पूर्ण पशुपक्षीपालन लगायतका विषयमा जानकारी दिइनेछ ।

यस्तै नेपाल भेटेनरी सङ्घको सहकार्यमा चारदिने पोल्ट्री पाठशालाको आयोजना गरिने महासङ्घका उपाध्यक्ष टीकाराम पोख्रेलले जानकारी दिनुभयो । २०० वटा कक्ष रहेको सो प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, स्थापित व्यवसायी क्षेत्रगत पेशाकर्मी तथा समग्र किसान लगायतको प्रत्यक्ष संलग्नता रहेको जानकारी दिए ।

प्रदर्शनीमा नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्योग केन्द्र, नेपाल उद्योग वाणिज्य महासङ्घसँगै भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटाली, इजराइल, बङ्ग्लादेश लगायतका देशका पोल्ट्री कम्पनीको सहभागिता छ ।

The post नेपाल विकास र समृद्धिको नयाँ युगतिर : प्रचण्ड appeared first on Rajdhani Daily News.

साउने सोमबार नुहाउन देवघाट जानेलाई दुखको खबर: यसपाली देवघाट जान नपाईने

Previous articleवित्तीय स्थायित्वमा जोड दिनुपर्छ : अर्थमन्त्री खतिवडा
Next articleश्रुति परम्परा कायम राख्न वेद कण्ठस्थीकरण प्रतियोगिता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।