भरतपुर अस्पतालमा एक युवक झुण्डिएको अवस्थामा फेला (भिडियो सहित )

भरतपुर अस्पतालको छतमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । शुक्रबार राती फेला परेको शव लम्जुङ दुधपोखरी गाउँपालिका–२ का २७ वर्षीय विष्णु बहादुर सुनारको रहेको प्रहरीले जनाएको छ ।

सुनारले गत कात्तिक १७ गते भरतपुर अस्पतालमा तीन महिनाअघि सुत्केरी भएकी श्रीमतीलाई उपचारको लागि ल्याएका थिए । चिकित्सकका अनुसार बिरामीको अवस्था गम्भीर भएका कारण उनलाई आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो । आईसीयूमा उपचार गराउन धेरै रकम लाग्ने भएपछि सासुसहित अस्पताल आएका सुनारले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सुनारको श्रीमतीको स्वास्थ्य अवस्थाभने सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताए ।

https://youtu.be/2Q73jiSO5iA

घटनास्थलको मचुल्का उठाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सवारी साधनमा लेखिएको सायरी र गजल हटाउने अभियान
Previous articleस्त’न बढाउन दिल्लीको को’ठीमा औषधी र सुई लाईएकी १५ वर्षे चेलीको कथा, यसरी काकीले पुर्याईन नर’कमा
Next articleआज वि.सं. २०७६ कार्तिक २४ गते आइतबार,, आजको तपाइको दिन कस्तो छ? (राशिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।