
महिला तथा किशोरीको आत्मरक्षाका लागि नेपालगञ्ज उपमहानगरपालिकाले तालीम सञ्चालन गर्ने भएको छ।
कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइने महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले बताइन्।
तालीममा १० देखि ५० वर्ष उमेर समूहकाको सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिएको छ।
किशोरी एवं किशोरी समूहका सदस्य, बाल क्लबका किशोरी सदस्य तथा छात्रा विद्यार्थीलाई पहिलो प्राथमिकता दिइने उपमहानगरपालिकाले जनाएको छ।
नेपालगञ्जको रङ्गशालामा फागुन २० देखि २४ गते बिहान ६ बजेदेखि १० बजेसम्म तालीम सञ्चालन हुने छ।
भारतीय चलचित्रको प्रदर्शनमा बाधा नगर्नु : उच्च अदालत, चलचित्र चल्न दिइनेछैन: प्रमुख शाह


