धनुषामा झगडा मिलाउन गएका पुलामीको हत्या

जनकपुरधाम । दुई पक्षबीचको विवाद मिलाउन गएका एकजनाको धनुषामा हत्या भएको छ । सबैला नगरपालिकामा दुई पक्षबीचको विवाद साम्य पार्न गएका सबैला नगरपालिका–१२ स्थित रघुनाथपुर बस्ने ५१ वर्षीय सोनेलाल पुलामीको हत्या भएको हो ।

शुक्रबार राति रघुनाथपुरमा भएको झगडा मिलाउन गएका पुलामीलाई झगडारत पक्षले टाउकोमा बाँस र काठको चिरपट प्रहार गरेका थिए । गम्भीर घाइते भएका पुलामीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा उनको मृत्यु भएको मृतकका छोरा सूर्यनारायण पुलामीले जानकारी दिएका छन् ।

रघुनाथपुरस्थित नहर चोकमा कलभर्टमा बसेका केही युवाहरुले अपशब्द बोलिरहेको अवस्थामा गाउँकै केही युवाले अपब्द नबोल्न भनेपछि भनाभन भएको थियो । दुई समूहबीच भएको विवादले झगडाको रुप लिइसकेको थियो । झगडालाई छुट्याउन जाँदा पुलामीमाथि नै काठको चिरपट र बाँसको भाटा प्रहार भएको थियो ।

पुलामीको हत्याको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सो घटनामा संलग्न एक जना फरार रहेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेहरुमा सबैला नगरपालिका–१ बस्ने कपिल सदा, धर्मदेव राउत, जीतेन्द्र राउत, अशेष यादव र सबैला–४ बस्ने मनु यादव रहेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । सो घटनामा संलग्न अमरजीत यादव भने फरार छन् ।

The post धनुषामा झगडा मिलाउन गएका पुलामीको हत्या appeared first on Rajdhani Daily News.

घर फर्किने नेपालीको खर्च ६३ हजारदेखि तीन लाखसम्म

Previous articleटी–२० मा सन्दीपको १०० विकेट पूरा
Next articleचिनियाँ युद्धपोतले अमेरिकी विमानमा लेजर हतियार आक्रमण गरेको अमेरिकी आरोप
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।