
सन्दीप लामिछानेले ट्वान्टी–२० फर्म्याटको क्रिकेटमा नेपालका लागि सय विकेट लिने इतिहास कायम गरेको खेलमा खेलमा मलेसियाले नेपाललाई १ सय ५५ रनको मध्यम लक्ष्य दिएको छ।
थाइल्याण्डको बैंककस्थित ट्रेडथाई मैदानमा जारी एसीसी इस्र्टन रिजन ट्वान्टी–२० मा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको हो।
मलेसियाका सइज अजिज साइद मुबारकले सर्वाधिक ५१ रन जोडे। यस्तै अमिनुदिन राम्लेले २९ तथा मोहम्मद अनवर अरुदिनले ३१ रन जोडे।
नेपालका लागि सन्दीपले ३ तथा अविनाश बोहराले २ विकेट लिए। यस्तै करण केसीले १ विकेट हात पारे।
यो पनि: लगातार दुई विकेट लिँदै सन्दीपले हासिल गरे ऐतिहासिक उपलब्धि
सन्दीपले तेस्रो ओभरको दोस्रो बलमा जगजित सिंहलाई पवन सर्राफको हातबाट क्याच गराउँदै टि-२० मा सय विकेट पूरा गरेका थिए। लगत्तै अर्को बलमा उनले हायात दुरान्नीलाई पनि पुन: पवनको हातबाट क्याच गराए।
यस्तै सन्दीपले आठौं ओभरको पाँचौं बलमा मोहम्मद अनवर अरुदिनलाई पनि पवनकै हातबाट क्याच गराउदैँ खेलको तेस्रो तथा आफ्नो टि-२० करिअरको १०२औं विकेट लिए। खेलमा ४ ओभर बलिङ गर्दै सन्दीपले २२ रन खर्चेर ३ विकेट लिए।
टि–२० को पहिलो विकेटका रुपमा सन् २०१८ को इण्डियन प्रिमियर लिग(आइपीएल)मा सन्दीपले दिल्ली डेयरडेभिल्स रोयल च्यालेन्जर्स बेंग्लोरका पार्थिव पटेललाई एलबीडब्लुको सिकार बनाएका थिए।
यो पनि: छनोट भएर पनि एसिया कप खेल्न नपाएको त्यो बेला
त्यसपछि आइपीएल, अष्ट्रेलियाको बिग बास, वेष्टइण्डिजको क्यारेबियन प्रिमियर लिगमा लगातार दुई सिजन खेल्नुका साथै अफगानिस्तान, बंगलादेश, पाकिस्तानमा समेत प्रिमियर लिगसहित राष्ट्रिय टोलीबाट गरि सन्दीपले आफ्नो सय विकेट पूरा गरेका हुन्।
सन्दीप लामिछाने। तस्बिर: आइसीसी
सन्दीपले विभिन्न फ्रेन्चाइजी प्रतियोगिताहरुबाट ७१ ट्वान्टी–२० विकेट लिएका छन् भने नेपालबाट अहिलेसम्म १८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ३१ विकेट लिइसकेका छन्।
सन्दीपले अघिल्लो महिना सम्पन्न बिग बास लिगमा सबैभन्दा बढि विकेट लिएका छन्। लगातार दोस्रो सिजन मेलबर्न स्टार्सबाट खेल्दै उनले यस सिजनमा १३ खेलबाट १५ विकेट लिएका छन्। त्यसबाहेक गत सिजनको बिग बास र पाकिस्तान सुपर लिगमा उनले ११–११ विकेट लिएका थिए।
फ्रेन्चाइजी क्रिकेटमा पाकिस्तान सुपर लिगमा लाहोर कालन्दर्सबाट खेल्दै दुबईमा क्वेटा ग्लाडियटर्सविरुद्ध ४ ओभरमा १० रनमात्र खर्चेर १० विकेट लिनु सन्दीपको ट्वान्टी–२० मा उत्कृष्ट बलिङ प्रदर्शन हो।
मलेसियाविरुद्धको खेलसँगै नेपाली राष्ट्रिय टोलीबाट १८ टि–२० खेल खेल्दै सन्दीपले २९ विकेट(खेल जारी) लिएका छन्। अक्टोबरमा ओमानमा भएको पाँच राष्ट्रसम्मिलित प्रतियोगितामा नेदरल्यान्ड्ससँग ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिनु सन्दीपको ट्वान्टी–२० अन्तराष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन हो।
सन्दीपका १०१ विकेट
नेपाली राष्ट्रिय टोली – १८ खेल ३१ विकेट
आइपीएल २०१८ – ३ खेल ५ विकेट
आइपीएल २०१९ – ६ खेल ८ विकेट
बिग बास लिग २०१८ – ८ खेल ११ विकेट
बिग बास लिग २०१९ – १३ खेल १५ विकेट
क्यारेबियन प्रिमियर लिग २०१८– ५ खेल ७ विकेट
क्यारेबियन प्रिमियर लिग २०१९ – ६ खेल ८ विकेट
अफगानिस्तान प्रिमियर लिग २०१९ – १ खेल २ विकेट
बंगलादेश प्रिमियर लिग २०१९ – ६ खेल ४ विकेट
पाकिस्तान सुपर लिग २०१९ – ७ खेल ११ विकेट
मलेसियाको खुला पार्कको छाप्रोमा अ’लपत्र नेपाली आमा छोरा ! उद्धारको लागि अपिल


