मलेसियाको खुला पार्कको छाप्रोमा अ’लपत्र नेपाली आमा छोरा ! उद्धारको लागि अपिल

0
41

मलेसियाको खुला पार्कको छाप्रोमा अ’लपत्र नेपाली आमा छोरा ! उद्धारको लागि अपिल

सपना वस्याल, मलेशिया । मलेशियाको पार्कमा अ’लपत्र सविना र उनको चार वर्षे छोराको उद्दार पह’लमा सहयोगको अपिल गरिएको छ । आफ्नो नाम सविना राई (कट्वाल) वताउने अन्दाजी ३८ वर्षकी नेपाली महिला आफ्नो ४ वर्षको छोरा सहित विगत ६ महिनादेखि मलेशियाको एक पार्कमा अ’लपत्र अवस्थामा छिन् । उनीराजधानी क्वालालम्पुर नजिकै रहेको सुवाङ्गको, ग्लेनमरी भन्ने ठाउँको सार्वजनिक पार्कमा अ’लपत्र रुपमा रहेकी छिन् ।

सविना आफ्नो छोरा सहित वो’राले वारेको छा’प्रोमा विगत ६ महिनादेखि अ’त्यन्त दय’निय अव’स्थामा बसेकी छिन् । सविना र उन्को छोरालाई उद्दार गर्न मलेसियामा भएका नेपालीहरुबाट पहल भएपनि अहिले सम्म उनीहरूको उद्दार गर्न सकिएको छैन । सविनाको मा’नसिक अव’स्थामा केहि अ’सन्तुलन भएको अड्क’ल उनलाई भेटी घर फर्काउन सहयोग पहल गरी रहेकी, गैरआवासीय नेपाली संघ, मलेशियाकी महिला उपाध्यक्ष शुभद्रा कुमारी लिम्बूले बताईन् ।

लिम्बूका अनुसार गएको महिना केही नेपालीहरुले सविना र उनको छोरालाई नेपाली रेष्टुरा’मा लगेर राखिएको थियो । तर उनी त्यहाँ बस्न नमा’नेर फेरी उक्त पार्कमा छोरा लिएर फर्किएर आईन् । उनको नेपालमा भएका आफन्त र गाउँलेजन सम्पर्कमा आउन लिम्बुले यसै समाचार मार्फत आग्रह गरेकी छिन् ।

सविनाले लिम्बूलाइ वताएअनुसार, उनको आफ्नो घर नेपालमा ओखलढुङ्गा पात्ले गाउँ वडा नं ७ हो र बुवाको नाम विष्णु बहादुर राई हो । उनी पाँच बर्ष पहिले बैदेशिक रोजगारीको सिलसिलामा मलेसियाको जोहोरवारु स्थित एक कम्पनीमा आएकी थिइन् । पछि सविना कम्पनीबाट निस्कीएर रेष्टुरामा काम गरेकी थिइन् । उनले त्यही समयमा छोरा जन्माएकी हुन् ।

मलेसियाको क्‍वालालम्पुरस्थित सुवाङ पार्कमा छाप्रो बनाइ ६ महिनादेखि छाप्रोमा बस्दै आएकी आफूलाई ओखलढुंगाकी ३८ वर्षीया सविना राई (कट्वाल) बताउने र उनका छोरा ।

छोराको बाबुको वारेमा सविनालाई धेरै हे’क्का नभएको र उनले नै मा’गेर छोराको हेरविचार गरीरहेकी छन् । उनको नेपालमा पहिलो विहेबाट करीब अठार, उन्नाईस वर्षकी छोरी पनि रहेको बुझिएको छ । “सविनाको साथमा कुनै पनि परिचय पत्र छैन, पैसा लिन पनि मा’न्नुहुन्न र आमा छोरा यहि संगै बा’च्छौं र संगै म’र्छाै भनेर भनिन् । मेरो मन भ’क्कानिएर आयो ।” लिम्बूले भनिन् ।

“खुला पार्क निर गाडि राख्न आउनेले केहि खाना दिँदा रहेछन् नभए आमा छोरा भो’कै वस्दा रहेछन् । अनि कहिलेकाही रा’ति केहि मानिसले आएर ध’म्का’उने तर आफुले साथमा राखेको ह’तियार देखाएर ज्या’न जो’गाएको कुरा गरिन् । परदेशमा नेपाली चेलि र उनको अ’वोध बालकको यो वि’जोग देख्दा अत्य’न्त दु’खित छु, आशा गर्रौ उनि छिट्टै घर फर्कन पाउँने छन् ।”, लिम्बूले बताइन् ।

लिम्बूका अनुसार सविनालाई पहिला उपचा’रको खाँ’चो छ । सविनामा आफ्नो र छोराको ज्यानको सु’रक्षा गर्नु पर्छ र नेपाल जानु पर्छ भन्ने चे’तना छैन । सविना र उनको अवो’ध बालकको जि’वन ख’तरामा छ । यो अवस्थामा उनलाई खुल्ला पार्कमा छा’ड्नु नहुँने र उनको उ’द्दार सकेसम्म छिटो गर्नु पर्नेछ ।

सहयोगी लिम्बूले सम्वन्धित सबै निकायमा सहयोगको अ’पिल गरेकी छिन् । सविनाका आफन्त वा चिन्नुहुनेले नेपाली राजदुतावास मलेसियाको दुतावासको सम्पर्क न. ०३–२०२०१८९८ वा उपाध्यक्ष शुभद्रा कुमारी लिम्बूलाई ०३–२०७२०६६३, +६०१०२०२८०१३ मा तुरुन्त सम्पर्क गर्न आग्रह गरेकी छिन् ।

बैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्छ: अध्यक्ष ओली

Previous articleफेरी आयो आशालाग्दो खबर: भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुल्ने, टिकट काट्ने बेलामै होटलको खर्च तिर्नुपर्ने
Next articleनिगमले सार्वजनिक ग-यो नयाँ उडान तालिका