पार्टी फुट्छ भन्नु निराधार हो : भीम रावल

अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन् ।

धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्रको बहसमा फरक विचार आउनु स्वभाविक भएकाले त्यसले पार्टी फुट्छ भन्नु निराधार भएको बताए । उनले कार्यकर्ताले निराश हुनुभन्दा ठिक बेठिक छुट्याएर अघि बढ्नुपर्ने उल्लेख गर्दै विधान र पद्धतीअनुसार चल्नुपर्नेमा जोड दिए ।

एक अर्को प्रशङ्गमा नेता रावलले एमसिसीमा जनताको चासो बढेकामा खुशी व्यक्त गरे । उनले एमसिसीबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिन पार्टीले कार्यदल गठन गरेका आधिकारीक धारणा केही दिनभित्रै आउने बताए । उनले राष्ट्रियसभा सदस्यबारे पार्टीको बैठकले गरेको निर्णय सबैले मान्नुपर्ने बताए । केन्द्रीय कमिटिको बैठकले गरेका निर्णय सबैले मान्नुपर्ने पार्टीको विधानमा रहेको उनको भनाइ छ ।

The post पार्टी फुट्छ भन्नु निराधार हो : भीम रावल appeared first on Rajdhani Daily News.

सुतिरहेको बेलामा एक्कासी प्रधामन्त्रीको फोन आएपछि ! गुल्मीका यि युटुबर भाईरल भए, ओलीले फोनमा के भने (भिडियो हेर्नुस)

Previous article‘हैट’ ति दिन कुकुरहरुले लखेट्दा पनि हाँस्दै कुदेर कोटेश्वरबाट भक्तपुर पुग्थेँ : बुद्धि तामाङ, हाँस्य कलाकार
Next articleपाकिस्तानमा रेल र बस एक आपसमा ठोक्किँदा ३० को मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।