काठमाडौँको धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला

काठमाडौँ- काठमाडौँको धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित धोबीखोला करिडोरको सडकमा थुपारिएको फोहोरको डङ्गुरमा नवजात शिशुको शव आज बिहान फेला परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले फोहोरको डङ्गुरमा भर्खरै जन्मेको नवजात शिशुको शव सालनालसहित फेला परेको जानकारी दिनुभयो ।

उक्त शवलाई महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले मुचुल्का गरी त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रवक्ता मैनालीले बताउनुभयो । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/18263

Previous articleपोखरा महानगरले तोक्यो नौ तालको मापदण्ड
Next articleरिपोर्टर्स क्लबद्वारा विभिन्न विधाका पुरस्कार वितरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।