अहिलेका सरकारका मन्त्री कति भ्रष्ट भनेर दुनियाँले देखिसक्यो : महत

काभ्रे । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा प्रकाश शरण महतले अहिलेको सरकार जनताको नजरबाट गिरिसकेको बताएका छन। नेपाली कांग्रेस काभ्रे पनौती नगरपालिका १० नम्बर वडा इकाईले आयोजना गरेको वन भोज तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले सरकार अहिलेसम्म टेक्निकल कुराका कारणले मात्रै नढलेको स्पस्ट पारे।

सरकारका भ्रष्टाचारका प्रकरण र अत्याचारले सिमा नाघेको भन्दै डाक्टर महतले त्यसका विरुद्ध सबै जनता एकजुट भएर लाग्न पनि आव्हान गरे। सहमहामन्त्री महतले गोकुल बास्कोटा प्रकरणको सन्दर्भ निकाल्दै अहिलेको सरकारका मन्त्री कतिसम्म भ्रष्ट छन भनेर सारा दुनियाँले देखेको जिकिर गरे।

कांग्रेस सहमहामन्त्री महतले बोल्नेको पिठो बिक्ने तर नबोल्ने चामल पनि नबिक्ने उखानलाई कम्युनिस्टहरु अघिल्लो निर्वाचनमा कार्वन्वयन गरेर निर्वाचन जितेको आरोप लगाए। जस्को परिणाम नेपाली जनता अहिले भोगी रहेको तर्क उनले गरे। डाक्टर महतले अब भ्रम फैलाउने र झुठा प्रचार गर्नेहरूलाई समाज बाट सामाजिक बहिस्कार गर्न अपिल गरे।कांग्रेसको आन्तरिक बिवादको प्रसंगमा डाक्टर महतले बिचार भन्दा ब्यक्ति कहिल्यै ठुलो हुन नसक्ने भन्दै ब्यक्तिलाई केन्द्रमा राखेर नेता बन्न खोज्ने जो कोहिलाई पनि कांग्रेस कार्यकर्ताले महाधिवेशनबाट तह लगाउने चेतावनी दिए।

The post अहिलेका सरकारका मन्त्री कति भ्रष्ट भनेर दुनियाँले देखिसक्यो : महत appeared first on Rajdhani Daily News.

‘गोठमा भेटेरिनरी खेतमा कृषि प्राविधिक’

Previous articleकोरोना संक्रमणले गर्दा विदेशमा नेपाल भ्रमण वर्षको प्रचार स्थगित
Next articleनेपालको सम्पूर्ण भूमि समेटिएको नयाँ नक्सा छिट्टै सार्वजनिक हुन्छ : गृहमन्त्री थापा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।