आयातित वस्तुको उपभोग घटाउन ब्याजदर बढाइयो

0
51

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आयातित वस्तुको उपभोग घटाउन ब्याजदर बढाइएको जनाएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घले आइतबार आयोजना गरेको एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले निक्षेप बढोस् भनेर नभई आयातित वस्तुको उपभोग घटोस् भनेर ब्याजदर बढाएको बताउनुभयो ।

एक वर्षमा आयात गर्ने बस्तु १० महिनामै आयात भइरहेको बताउँदै उहाँले वर्षेनी आयात बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो । 

आयातमा आधारित अर्थतन्त्रले मूल्यवृद्धिमा सहयोग गरेको भन्दै उपभोग्य बस्तुमा बढेको आयातले मुद्रास्फीति पनि प्रभावित भएको उहाँको भनाई थियो । 

उहाँले अहिलेको अवस्थामा निजी क्षेत्रले बढी नाफामा जोड दिनु भन्दा पनि अर्थतन्त्र बचाउन लाग्नुपर्ने धारणा राख्नुभयो ।

https://www.ujyaalonepalnews.com/archives/20518

Previous articleसामुदायिक वनद्वारा  बेरोजगार अवस्थामा रहेका महिलालाई सीप प्रदान
Next articleनेपाल पुलिस क्लबले युक्सोम क्यापिटल्सलाई १० विकेटले हरायो