झुलाघाट नाकामा कोरोना भाइरस परिक्षण जारी

बैतडी । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाइरस चेकजाँचका लागि स्थापना गरिएको सहायता कक्षमा स्वास्थ्य परिक्षण कार्य जारी रहेको छ । सहायता कक्षले हालसम्म झुलाघाट नाकाबाट नेपाल भित्रिने १७८ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्त रुपमा फागुन १० गते सहायता कक्ष स्थापना गरिएको थियो । परिक्षण गरिएका कुनै पनि नागरिकमा कोरोना संक्रमण नभेट्टिएको उनले बताए । सहायता कक्षमा भारतबाट फर्किने सबै नागरिकको सहायता कक्षमा स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ ।

दशरथचन्द नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायता कक्षमा दुईजना स्वास्थ्यकर्मी खटाइएको छ । कोरोना भाइरसको संक्रमणका बारेमा सचेतना फैलाउन र भारतबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए ।

सहायता कक्षमा भारतबाट फर्किने नागरिकहरुको इन्फ्रारेड थर्मामिटरले ज्वरो मापन गर्ने गरिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए । सिमानाकामा कोरोना परिक्षण कक्षा स्थापना हुने निकै सराहनिय कार्य भएको दशरथचन्द नगरपालिका वडा न. ४ का सञ्जिवनि लोहियाले बताइन् ।

The post झुलाघाट नाकामा कोरोना भाइरस परिक्षण जारी appeared first on Rajdhani Daily News.

गोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

Previous articleसाताको शेयर बजार : साढे १८ अर्बको कारोवार
Next articleमोटरसाइकल लिएर विश्व भ्रमणमा निस्किए लुईंटेल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।