अमेरिकामा नेपाली भाषाको जानकारीमूलक पुस्तिका प्रकाशित

१८ फागुन, वाशिंटन डीसी । अमेरिकाको १७२ वर्ष पुरानो नेशनल लाइफ ग्रुपले नेपाली भाषामा जानकारीमूलक पुस्तिका प्रकाशन गरेको छ ।

अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुनकुमार कार्कीले एक समारोहबीच पुस्तिकाको विमोचन गरे ।

नेसनल लाइफ ग्रुपका उपाध्यक्ष जेनिफर वारफिल्डले सन् १८४८ मा स्थापित नेसनल लाइफ ग्रुपले नेपाली समुदायलाई महत्त्व दिँदै नेपाली भाषाको सामाग्री प्रकाशित गरेको बताइन् ।

यस कम्पनीमा संस्थागतरूपमा प्रवेश गर्ने पहिलो नेपाली अनुभव गिरी हुन् । उनकै पहलमा नेपाली भाषामा जानकारी मुलक पुस्तिका प्रकाशित भएको हो ।

सो अवसरमा अमेरिकामा नेपाली संगीत तथा नृत्य प्रवर्धन गरिरहेको केसी डान्स सेण्टरका कलाकारहरूले नेपाली नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको शुरूमा कलाकारहरूले अमेरिका तथा नेपालको राष्ट्रिय गान प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भिजिट नेपालद्वारा निर्माण गरेको नेपाल प्रवर्द्धनको भिडियोसमेत प्रदर्शन गरिएको थियो ।

प्लेनको डबल सिटमा एकजना मात्र राखेर उडाउनु पर्ने सरकारको नियम हट्यो

Previous articleपाठेघर मुखको क्यान्सर
Next articleमाध्यमिकी परिक्रमा महाेत्तरी आइपुग्दै, मिथिलाञ्चलमा आजदेखि होली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।