एसीसी इस्टर्न रिजन: हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याउँदै नेपाल

एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल अहिले हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याइरहेको छ। 

नेपालले ९ ओभरको  खेल सकिदा २ विकेट गुमाएर ६३ रन जोडेको छ। ओपनर कुशल मल्ल १९ तथा पूर्वकप्तान पारस खड्का ४ रन बनाएर आउट भएका छन्।

समाचार तयार पारुञ्जेल क्रिजमा कप्तान ज्ञानेद्र मल्ल ३७ तथा दीपेन्द्रसिंह ऐरी ४ रन बनाएर खेलिरहेका छन्। 

त्यसअघि बैँककस्थित ट्रेडथाई मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो। 

हङकङका निजाकत खानले सर्वाधिक ४८ रन जोडे। उनले २९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै मोहम्मद अजिज खानले २९, हारोन मोहम्मद आर्सादले २७ र साहिद वासिफले २६ रन जोडे। 

नेपालका सन्दीप लामिछाने र सुशान भारीले समान २-२ विकेट लिएका थिए। यस्तै कुशल मल्लले एक विकेट लिए। सन्दीपले ४ ओभरमा २५ तथा सुशानले त्यति नै ओभरमा ३७ रन खर्चे।  

नेपालले पहिलो खेल शनिबार मलेसियासँग २२ रनले गुमाएको थियो। ५ टोली सहभागी यस प्रतियोगिताका शीर्ष दुई टोलीले आगामी अगष्टमा हुने एसिया कपको छनोट खेल खेल्नेछन्।

बुढीगण्डकी ‘रेडी टु गो’ आयोजना हो : प्रधानमन्त्री दाहाल

Previous articleभण्डारी दम्पती हत्या प्रकरणः सिआइबीले पनि थाल्यो अनुसन्धान
Next articleराजतन्त्रात्मक मुलुक लक्जम्बर्ग, सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।