एसीसी इस्टर्न रिजन: हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याउँदै नेपाल

0
54

एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल अहिले हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याइरहेको छ। 

नेपालले ९ ओभरको  खेल सकिदा २ विकेट गुमाएर ६३ रन जोडेको छ। ओपनर कुशल मल्ल १९ तथा पूर्वकप्तान पारस खड्का ४ रन बनाएर आउट भएका छन्।

समाचार तयार पारुञ्जेल क्रिजमा कप्तान ज्ञानेद्र मल्ल ३७ तथा दीपेन्द्रसिंह ऐरी ४ रन बनाएर खेलिरहेका छन्। 

त्यसअघि बैँककस्थित ट्रेडथाई मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो। 

हङकङका निजाकत खानले सर्वाधिक ४८ रन जोडे। उनले २९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै मोहम्मद अजिज खानले २९, हारोन मोहम्मद आर्सादले २७ र साहिद वासिफले २६ रन जोडे। 

नेपालका सन्दीप लामिछाने र सुशान भारीले समान २-२ विकेट लिएका थिए। यस्तै कुशल मल्लले एक विकेट लिए। सन्दीपले ४ ओभरमा २५ तथा सुशानले त्यति नै ओभरमा ३७ रन खर्चे।  

नेपालले पहिलो खेल शनिबार मलेसियासँग २२ रनले गुमाएको थियो। ५ टोली सहभागी यस प्रतियोगिताका शीर्ष दुई टोलीले आगामी अगष्टमा हुने एसिया कपको छनोट खेल खेल्नेछन्।

बुढीगण्डकी ‘रेडी टु गो’ आयोजना हो : प्रधानमन्त्री दाहाल

Previous articleजलवायु परिवर्तनको प्रभावले मासियो स्याउ
Next articleराजतन्त्रात्मक मुलुक लक्जम्बर्ग, सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश