गठबन्धनको नाममा महिलाको अधिकार खोसियो : सुरेन्द्र पाण्डे

0
59

रत्ननगर,बैशाख १८- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पाण्डेले पाँच दलीय गठबन्धनको कारण महिलाहरुको अधिकार खोसिएको वताएका छन् । रत्ननगर वडा नम्बर १६ मा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले प्रमुख पदमा पुरुष भए उपप्रमुख पदमा महिला हुनुपर्ने भन्दै गठबन्धनले त्यो नगरेको बताएका हुन् ।

उनले गठवन्धन गर्ने र उम्मेदवारी दिंदा छुट्टा छुट्टै दलहरुबाट उम्मेदवारी दिएका कारण संविधानले प्रदत्व गरेको अधिकारबाट महिलाहरु वञ्चीत हुन परेको उनको भनाई छ ।

नेकपा एमालेकै अग्रसरतामा संविधानमा महिलाहरुको अधिकार सुरक्षीता गर्ने काम गरेको दावी गर्दै केन्द्रिय तहमा गठवन्धनको नाममा देशब्यापी रुपमा महिलाले पाउने अधिकार खोसेको दावी गरे ।

https://www.ujyaalonepalnews.com/archives/19583

Previous articleसुनको मूल्य तोलाको ९९ हजार
Next articleरत्ननगरले पहिलो महिला मेयर पाउँदैछ : दुवाडी