वीरगञ्जको चौधरी होटलमा एक व्यक्ति मृत भेटिए

0
72

वीरगञ्जको एक होटलमा कोठा लिएर बसेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।

वीरगञ्जको चौधरी होटल एन्ड लजमा एक व्यक्ति मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका १६ बसपार्कमा करिव ५० वर्षीय जीवन लामा मृत फेला परेका हुन्।

होटलको कोठा नम्बर ११२ मा भेटिएका लामा काठमाडौं बस्दै आएको भए पनि उनको एकिन ठेगाना पत्ता नलागेको प्रहरीले जनाएको छ।

आइतबार बिहान होटलको कोठामा लामा मृत अवस्थामा भेटिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। लामाको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल लगिएको छ। яндекс

सेवाग्राही बनेर मन्त्रीको छड्के

Previous articleदिल्ली हिंसाः बच्चाको लागि दूध लिन गएका इरफान लास बनेर फर्किए
Next articleकतारमा कोरोना : सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह