Home Uncategorized वीरगञ्जको चौधरी होटलमा एक व्यक्ति मृत भेटिए

वीरगञ्जको चौधरी होटलमा एक व्यक्ति मृत भेटिए

वीरगञ्जको एक होटलमा कोठा लिएर बसेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।

वीरगञ्जको चौधरी होटल एन्ड लजमा एक व्यक्ति मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका १६ बसपार्कमा करिव ५० वर्षीय जीवन लामा मृत फेला परेका हुन्।

होटलको कोठा नम्बर ११२ मा भेटिएका लामा काठमाडौं बस्दै आएको भए पनि उनको एकिन ठेगाना पत्ता नलागेको प्रहरीले जनाएको छ।

आइतबार बिहान होटलको कोठामा लामा मृत अवस्थामा भेटिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। लामाको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल लगिएको छ। яндекс

सेवाग्राही बनेर मन्त्रीको छड्के

Previous articleदिल्ली हिंसाः बच्चाको लागि दूध लिन गएका इरफान लास बनेर फर्किए
Next articleनवनियुक्त भारतीय राजदूत क्वात्रा काठमाडौंमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।