बीबीएलः एक ओभरमै सन्दीपले लिए दुई विकेट

सिड्नी सिक्सर्स विरुद्धको सोमबारको खेलमा सन्दीपले डेनियल ह्युजेसर र जोस फिलिप्पीलाई पवेलियनको बाटो देखाएका हुन्।

डेनिललाई चौथो ओभरको ४ बलमा र जोसलाई अन्तिम बलमा सन्दिपले आउट गरे। ३ ओभर बलिङ गरेका सन्दिपले ३८ रन खर्चे।

अष्ट्रेलियाको सिड्नीमा जारी खेलमा सन्दीप सम्मिलित मेलबर्नले टस जितेर फिल्डिङ रोजेको थियो। वर्षाका कारण १४ ओभरमा छोट्टाईएको खेलमा सिड्नीले मेलर्वनलाई १ सय ४४ रनको लक्ष्य दिएको छ।

सिड्नीले १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४३ रनको योगफल तयार पारेको हो। सिड्नीका मोइसेस हेनरिक्स र जेम्स भिन्सले १ सय १४ रनको साझेदारी गरेपछि मेलबर्नलाई सम्मानजनक योगफल दिएको हो।

मेलबर्नका लागि मोइसेसले ७२ रनको उल्लेख्य पारि खेले। भिन्स ४१ रनमा नटआउट रहे। केहीबेबरमा सन्दीपको टोलीले जवाफी व्याटिङ गर्नेछ।

त्रिविमा २३ दिन बिदा

Previous articleअहेवले गरे ४० वर्षीया महिलालाई बलात्कार, मुद्दा चलेपछि भए फरार
Next articleपृथ्वीनारायण क्याम्पसमा आन्दोलन : प्रमुखको कक्षमा तालाबन्दी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।