वुहानका नेपाली लिन गएका चालक दलका सबै सदस्य स्वस्थ

चीनको वुहानबाट १ सय ७५ नेपालीलाई लिएर फर्केको विमानका चालकदलका सबै सदस्य स्वस्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपाल वायुसेवा निगमको विमानका १८ जनै चालकदलका सदस्यमा दुई सातासम्म पनि कुनै स्वास्थ्य समस्या नरहेको स्वास्थ्य सचिव खगराज बरालले जानकारी दिए।

‘उहाँहरुलाई १५ दिन नगरकोटमा अलग्गै राखिएको थियो,’ सचिव बरालले भने।

उनका अनुसार शनिबार सबै जनाको दोस्रो स्वास्थ्य परीक्षण गरिएको थियो। जसमा कोही पनि संक्रमित भएका छैनन्।

फर्काइएका १ सय ७५ जनालाई भने खरिपाटीमा क्वारेन्टाइनमा राखिएको छ। उनीहरुको पनि परीक्षणको रिपोर्ट सोमबारसम्ममा आउने जनाइएको छ।

कतारमा पुनः रोजगारीमा जान पूर्व अनुमति अनिवार्य

Previous articleकोरोनाभाइरसः अमेरिकाले इरान, इटाली र दक्षिण कोरिया लगायो भ्रमण प्रतिबन्ध
Next articleब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेललाई १४ लाख सहयोग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।