कोरोना भाइरस प्रकोपः दलाई लामाले भेट्न छाडे आगन्तुक

भारतमा पनि कोरोना भाइरस प्रभावित भेटिएसँगै धर्मशालामा रहेका निर्वासित तिब्बती धार्मिक नेता दलाई लामाले आगन्तुक भेट्न छाडेका छन्।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट भारतको एक जना प्रभावित भएको बिहीबार पुष्टी भएको थियो। अर्को दिन शुक्रबारदेखि दलाई लामाले आगन्तुकहरू भेट्न छाडेका हुन्।

धर्मशालास्थित बौद्ध गुम्बामा दैनिक पुजापाठ गर्ने र दिउँसो आगन्तुक भेट्ने गर्दै आएका दलाई लामाका कार्यक्रमहरू स्थगित गरिएको छ।

‘दालाई लामाले आगन्तुकहरू भेट्ने छैनन्’, धर्मशालास्थित दलाई लामाको नीजि कार्यालयका सहयोगी तेन्जिङ तक्लाले टाइम्स अफ इण्डीयासँग भने, ‘यो हाम्रो कार्यालयले लिएको पूर्व सचेतना मात्रै हो।’

यसअघि दलाई लामाले कोरोना भाइरस रोकथामका लागि प्रार्थना गर्न आफ्ना समर्थकलाई आग्रह गरेका थिए।

भारतको हिमाञ्चल राज्यस्थित धर्मशालामा रहेको निर्वासित तिब्बत सरकारको मुख्यालमा आगन्तुहरूको स्वाथ्य जाँचका लागि विशेष प्रविधि जडान गर्ने तयारी भएको छ। 

 

केपी ओली सरकार ढाल्ने प्लान बनाउँदैछन् प्रचण्ड ? बाँस्कोटाको अडियो बन्यो मौका !

Previous articleसाहित्यले सकारात्मकता र परिवर्तनलाई आत्मसात् गर्नुपर्छ : पौडेल
Next articleहात्तीवनमा क्रिकेट र फुटसल एकेडेमी सञ्चालनमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।