साउदी: ५ नोभेम्बरमा थप व्यक्तिहरुको Exit Visa लाग्यो; यस्तो छ दुताबासको सूचना

साउदी: ५ नोवेम्बरमा थप व्यक्तिहरुको Exit Visa लाग्यो; यस्तो छ दुताबासको सूचना

उज्यालो नेपाल, कार्तिक,२० – साउदी अरबमा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नविकरण नगरिएका, Exit Visa को लागी आवेदन दिएका नेपाली नागरिकहरुलाई साउदीमा रहेको नेपाली राजदुतावासले जरुरी सुचना प्रकाशित गरेको छ ! दुताबासले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत सम्वन्धित सबैलाई सुचना जारी गरेको छ ! यदि तपाई साउदीमा हुनुहुन्छ भने यो सूचनालाई अवश्य शे-यर गरि सबैलाई जानकारी गराउन सहयोग गरिदिनुहोला ! दुताबासको सुचना यस्तो छ !

(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसाका लागि आवेदन दिएका व्यक्तिकाे (Exit visa) प्राप्त भएको सूचना।

साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा (Exit Visa) सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई दुतावासले अनुरोध गरे बमाेजिम साउदी सरकारले निम्न उल्लिखित नेपालीहरुकाे नाममा बहिर्गमन भिषा प्रदान गरेकाे छ।

यो प्रकृयाकाे थालनी भएदेखि साउदी सरकारले हालसम्म १,२१७ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ ।यस मध्ये १ देखि १,१९० सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकिएको छ । नयाँ Exit visa जारी भएका २७ जनाकाे नामावली यसैसाथ संलग्न छ।

हाल कतिपय नेपालीहरुले आफ्नो अकामा (Iqama) को म्याद रहे नरहेको बारेमा स्पष्ट नबुझी दूतावासमा पठाउने गरेको हुँदा आफ्नो अकामाको म्याद समाप्त भएको र कम्पनीले बहिर्गमन (Exit Visa) नलगाइदिएको भएमा वा अकामाको म्याद रहँदै कम्पनीले हुरुब (Runaway) भनी जानकारी गराएको अवस्था भएमा मात्रै पासपोर्ट र अकामाको फोटो खिची WhatsApp गर्नुहुन जानकारी गराइन्छ।

साथै, विभिन्न कसूरमा मुद्दा (Case) रहेका व्यक्तिहरुले पनि त्यस्तो मुद्दा सामाधान भइसकेपछि मात्रै यस्ता कागज पठाउनुहुन पनि जानकरी गराइन्छ।  बहिर्गमन भीसा जारी भएकाहरु भीसा जारी भएको मितिले ६० दिन भित्र साउदी अरब छोडिसक्नुपर्ने भएकाले स्वदेश फर्किने तयारी गर्नुहुन अनुरोध छ। नेपाली राजदूतावास, रियाद । २०७७।०७।२०

Exit Visa लागेका व्यक्तिहरुको नामावली

कंग्रेस संसदीय दल बैठकः सरकार परिवर्तनका बिषयमा कुनै छलफल भएको छैनः सचेतक लेखक

Previous articleसाउदीमा पासपोर्टको म्याद सक्किदै छ? यस्तो छ रियादमा रहेको दुताबासको सूचना
Next articleपहिलोपल्ट आयो बजारमा यस्तो अनौठो माया प्रेम (भिडियो सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।