काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको कम्युनिस्ट आन्दोलनमा भरतमोहन अधिकारीले दिनुभएको योगदानबाट सबैले प्रेरणा लिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
भरतमोहन अधिकारीको स्मृतिमा भरतमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले सादगी व्यक्तित्व अधिकारीले कम्युनिस्ट आन्दोलनलाई माथि उठाउन गरेको योगदान र अर्थमन्त्रीका रूपमा प्रस्तुत गरेको बजेट तथा ‘आफ्नो गाउँ आफैँ बनाउँ’ जस्ता लोकप्रिय कार्यक्रमको समेत स्मरण गरे ।
कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाई जनताको मन जित्ने र अर्थशास्त्रको गतिलो ज्ञान भएको नेताका रूपमा आफूले अधिकारीलाई पाएको उल्लेख गर्दै अध्यक्ष दाहालले राजनीतिक रूपमा समेत लामो समयदेखि सहकार्य गरेको स्मरण गरे ।
अधिकारीलाई असल अभिभावकका रूपमा पाएको स्मरण गर्दै अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन ठूलो योगदान गर्नुभएको बताए ।
वृद्धवृद्धालाई सम्मान दिने लक्ष्यका साथ अधिकारी नै अर्थमन्त्री हुँदा वृद्ध भत्ताको सुरुआत गरेर कम्युनिस्टहरुले वृद्धवृद्धालाई सम्मान गर्छन् भन्ने कुरा एउटै व्यवहारले स्पष्ट पारेको बताए ।
अर्थमन्त्रीका रूपमा अधिकारीले गाँउलाई दिएको माया, वृद्धवृद्धालाई दिएको सम्मानले पनि लामो समयसम्म नेपाली जनताले स्मरण गरिरहने अध्यक्ष दाहालले उल्लेख गरे ।
सामाजिक न्यायका लागि अधिकारीले दिएको योगदानको स्मरण औपचारिकतामा सीमित नगरी उनले अगाडि सारेका जनता केन्द्रित व्यवहारलाई अनुशरण गर्नुपर्ने बताए ।
अधिकारीले कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउने र जनताको मन जित्न गरेको प्रयास सबैका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष दाहालको भनाइ थियो ।
The post अधिकारीबाट प्रेरणा लिऔँ : अध्यक्ष दाहाल appeared first on Koshi Online.
युएईमा भाई’रल भईरहेको ‘अफिस का’ण्ड’ के हो? यस्तो छ सम्पूर्ण वास्तविकता


