Home Uncategorized मेरा प्रिय मित्र ओलीको सफल सर्जरी र सिघ्र सुधारको कामना गर्छुः मोदी

मेरा प्रिय मित्र ओलीको सफल सर्जरी र सिघ्र सुधारको कामना गर्छुः मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीको दोश्रो मिर्गौला प्रत्यारोपणका लागि सफल सर्जरी र सिघ्र स्वास्थ्य सुधारको कामना गरेका छन्।

‘मेरा प्रिय मित्र केपी शर्मा ओलीजी, म यहाँको सफल सर्जरी र सिघ्र सुधारको कामना गर्दछु। श्री पशुपतिनाथले तपाईंमा राम्रो स्वास्थ्य, खुशी र निकै लामो जीवन प्रदान गरुन्। भारत–नेपाल सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनका लागि तपाईंको निरन्तर योगदानको कामना गर्दछु,’ मोदीले ट्विटमार्फत् आफ्नो कामना व्यक्त गरेका छन्।

बुधबार दोश्रो मिर्गौला प्रत्यारोपण गर्ने तयारीका साथ सोमबार प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुँदैछन्।

कतार प्रहरीमा पठाउने भन्दै अ’वैध धन्दा गरेर करोडौ उठाउने ३ म्यानपावर छ महिना निलम्बित

Previous articleसंसदमा कोरम नपुग्दा कानुन निर्माणमा ढिलाइ
Next articleगृहजिल्लामा सुमन, विभिन्न कार्यक्रममा सहभागि हुदै भाेट अपिल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।