ओलीलाई मोदीको स्वास्थ्यलाभको कामना : ‘पशुपतिनाथको आशीर्वाद मिलोस्’

विराटनगर, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यलाभको कामना गरेका छन् ।

मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भनी शुभकामना दिएका हुन् ।

मोदीले सोमबार बिहान ट्वीट गर्दै सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

प्रधानमन्त्री मोदीले ट्वीटमा भगवान पशुपतिनाथले प्रधानमन्त्री ओलीको राम्रो स्वास्थ्य, खुसी र दीर्घजीवनको आशिर्वाद दिऊन् भनी उल्लेख गरेका छन् ।

प्रधानमन्त्री मोदीले नेपाल भारत सम्बन्धलाई अझ उचाइँमा पुर्‍याउन प्रधानमन्त्री ओलीको निरन्तर योगदान आफुले हेर्न चाहेको ट्वीटमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक पर्सी बुधबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मिगौला प्रत्यारोपण गरिने र त्यसका लागि उनी आजै अस्पताल भर्ना हुने भएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीको २०६४ सालमा भारतमा मिर्गौलाको प्रत्यारोपण गरिएको थियो ।

The post ओलीलाई मोदीको स्वास्थ्यलाभको कामना : ‘पशुपतिनाथको आशीर्वाद मिलोस्’ appeared first on Koshi Online.

‘ई’ल्लिगल’ रुपमा बसेकाहरुलाई मलेशियाको नयाँ अफर

Previous articleबार्सालाई पराजित गर्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो
Next article‘हिमालय बचाउ, नदी जोगाउ’ कार्यक्रम अन्तर्गत धरानमा बृहत गोष्ठी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।