हिट चलचित्रको सिरिज ‘एक भिलेन २’ मा जोनको जोडी दिशा

नायिका दिशा पटानीले एक हिट चलचित्रको सिरिजमा काम गर्ने पक्का भएको छ । मोहित सुरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक भिलेन २’मा दिशाले काम गर्ने पक्का भएको हो ।

सन् २०१४ मा निर्माण भएको चलचित्र ‘एक भिलेन’ बक्स अफिसमा हिट भएको थियो । निर्देशक सुरीले नायकको रुपमा जोन अव्राहिम र आदित्य रोय कपुरलाई फाइनल गरिसकेका छन् । अब, दिशाको समेत प्रवेश भएसँगै चलचित्रको टिम अझै पावरफूल बनेको छ ।

चलचित्रमा दिशा नायक जोन अव्राहिमको जोडीको रुपमा देखिन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्र ‘मलंग’मा दिशासँग काम गरेपछि मोहित प्रभावित भएका थिए । दिशा आफैले पनि आफूलाई एक्सन केन्द्रित चलचित्रमा काम गर्न मन लागेको बताएकी थिइन् । यसैले, पनि आफूले पहिलो प्रस्ताव नै दिशालाई गरेको मोहितले बताएका छन् ।

यो चलचित्रमा दिशाको खतरनाक एक्सनका दृश्य हेर्न सकिने भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्र सन् २०२१ को जनवरी ८ मा रिलिज हुनेछ ।

The post हिट चलचित्रको सिरिज ‘एक भिलेन २’ मा जोनको जोडी दिशा appeared first on Purbeli News.

टिकट बुकिङ खुल्ला भएसँगै बसपार्कमा टिकट लिनेहरुको भिड (फोटो फिचर)

Previous articleन्यूजिल्याण्डका एन्डरसनले काठमाडौंबाट इपीएल खेल्ने
Next articleभारतको नेशनल ल युनिभर्सिटीमा नेपाली न्यायिक अधिकारीहरुको प्रशिक्षण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।