
बहराइन पुगेका ३० नेपालीलाई त्यहाँको सरकारले फिर्ता गरिदिएको छ। कोरोना भाइरसको त्रासका कारण नेपालीहरुलाई त्यहाँ प्रवेश नदिइएको जनाइएको छ।

नेपाल उच्च जोखिमको क्षेत्रमा परेपछि उनीहरुलाई इमिग्रेसनले प्रवेश नदिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।


