चीनमा ‘वुहान इमरजेन्सी टिम’ले गरेको प्रशंसनीय कार्य (तस्बिरहरु)

त्यहाँ विद्यालय, बजार, विभिन्न कम्पनीहरु स्थगित गरिएका छन्। यसबीचमा सडकमा सवारी चल्नपनि बन्देज लगाइएको छ।

यसरी शहर नै ठप्प भएको अवस्थामा गर्भवती महिलाको सुविधाको लागि वुहानको मातृ तथा बाल स्वास्थ्य अस्पतालले आफ्ना २५ सय कर्मचारीलाई गर्भवती महिलाको सहयोगको लागि भनेर विशेष रुपमा खटाएको छ।

यस विशेष टोलीले गत जनवरी २३ देखि हालसम्म ११ सय गर्भवती महिलाको उद्धार गरी सफल गर्भधारण गराउन सफल भएका छन्।

यस टोलीले सवारी साधनको पहुँच नभएका क्षेत्रको २३ गर्भवती महिलालाई पनि उद्धार गरेको सिन्ह्वाले जनाएको छ।

यी अस्पतालका कर्मचारीहरुले विच्याट सामाजिक सन्जालको अर्थपूर्ण प्रयोग गरेका छन्। उनीहरुले विच्याटमा ‘वुहान इमरजेन्सी टिम’ भन्ने ग्रुप बनाएका छन्।

जहाँ उनीहरु गर्भवती महिलाहरुको जानकारी सम्प्रेषण गर्दछन्। यस टोलीले वुहानमा प्रशंसनीय कार्य गरेको भनेर यतिबेला चीनभर उनीहरुको चर्चा भइरहेको छ। सिन्ह्वा

निर्वाचनका समयमा गरेका प्रतिबद्धता पुरा गर्नु सांसदको कर्तव्य हो– नेत्री खातुन

Previous articleसंसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न राजेन्द्र लिङ्देनकाे प्रस्ताव
Next articleसञ्चारमाध्यमले सचेत पारेका छन् : मन्त्री जम्मकट्टेल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।