Home Uncategorized सबै अन्तराष्ट्रिय सभा सम्मेलन स्थगित

सबै अन्तराष्ट्रिय सभा सम्मेलन स्थगित

 

काठमाडौं । नेपाल सरकारले नेपालमा आयोजना गर्ने सबै अन्तराष्र्टिय सभा सम्मेलन स्थगन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपालमा आयोजना हुने भनिएका सबै अन्तराष्ट्रिय सभा सम्मेलन स्थगन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

नेपाल कोरोनाको उच्च जोखिममा भएको र स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै स्थगन गरिएको मन्त्री ज्ञवालीको भनाई छ ।

अप्रिल २ देखि ४ सम्म आयोजना गर्ने भनिएको जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहससम्बन्धी कार्यक्रम सगरमाथा संवाद कार्यक्रम पनि स्थगित गरिएको छ ।

The post सबै अन्तराष्ट्रिय सभा सम्मेलन स्थगित appeared first on Rajdhani Daily News.

प्रेमकला कुँवरको आ’त्मह’त्या सार्वजनिक

Previous articleसंसदमा आज : इन्धनमा कर थपेकाेमा आपत्ती
Next article६९ वर्षपछि आफ्नो जग्गामा फर्किए नेपाली सेना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।