युगाण्डाका यि युवकले आफ्नो थर नै फेरेर नेपाली थर लेखे, भन्छन् नेपालीहरु मन पर्छन्, नेपाली केटीसँग विबाह गर्छु (भिडियो तल अन्तिममा हेर्नुहोला)
काठमाडौ, असार ४-अफ्रिकी मुलुक युगाण्डाका ब्लाजो राई फरर नेपाली बोलेको देख्दा सबै दंग पर्छन् । कालो वर्णका ब्लाजो दुबईमा ७ वर्षदेखि बसेका उनी राम्रोसँग नेपाली बोल्न सक्छन् । दुबईमा रहँदा नेपाली साथीहरुको संगतबाट उनले नेपाली भाषा सिकेका हुन् । नेपाली भाषा र संस्कृतिमा विशेष रुची राख्ने ब्लाजो सम्भव भएसम्म नेपाली युवतीसँग नै विबाह गर्ने विचारमा छन् ।
नेपालीको थर राई आफ्नो नामको पछाडी राखेका उनका थुप्रै नेपाली साथीहरु छन् । उनका मिल्ने साथी हुन् यम थापा र सुमन राई । अहिलेसम्म अविबाहित रहेका ब्लाजोका नेपाली केटी साथीहरु पनि छन् । नेपाली भाषा मात्रै नभएर नेपाली गीतहरु पनि सजिलै गाउन सक्ने ब्लाजोले नेपालीहरु निकै मन पर्ने बताए ।

नेपालीको थर राई आफ्नो नामको पछाडी राखेका उनका थुप्रै नेपाली साथीहरु छन् । उनका मिल्ने साथी हुन् यम थापा र सुमन राई । अहिलेसम्म अविबाहित रहेका ब्लाजोका नेपाली केटी साथीहरु पनि छन् । नेपाली भाषा मात्रै नभएर नेपाली गीतहरु पनि सजिलै गाउन सक्ने ब्लाजोले नेपालीहरु निकै मन पर्ने बताए । भिडियो तल हेर्नुहोला ! (ओएस नेपाल बाट)
तराईमा बाक्लो हुस्सुसहित शीतलहर, चिसोका कारण सर्लाहीमा ३ जनाको मृत्यु


