यात्रुलाई स्वागत र विदाई गर्न नआउन विमानस्थल कार्यालयको आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई यात्रुहरुलाई स्वागत तथा विदाई गर्न नआउन आग्रह गरेको छ।

कार्यालयले प्रकोपको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट सुरक्षित रहनका लागि विमानस्थलमा प्रवेश नगर्न अनुरोध गरेको हो।

महाप्रवन्धक देवेन्द्र केसीले जारी गरेको सूचनामा ‘विमानस्थलबाट आवतजावत गर्नु हुने सबै हवाई यात्रुहरुलाई स्वागत तथा बिदाई गर्न आउनु हुने आफन्तजन लगाएत अन्य महानुभावहरुलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिनु हुन र अत्यावश्यक काममा आउने सबैले मास्क प्रयोग गरिदिनु हुन अनुरोध छ,’ उल्लेख रहेको छ।

‘विमानस्थलबाट यात्रुहरुको सुविधाको लागि प्रदान गरिँदै आएको भिजिटर पास हाललाई अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरिएको’ सूचनामा उल्लेख गरिएको छ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिममा राखेकोले सार्वजनिक स्थानमा भिडभाड कम गर्न गरिएको आग्रहलाई मध्यनजर गरी विमानस्थलमा प्रवेश नगर्न आग्रह गरेको उल्लेख रहेको छ।

गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित

Previous articleदेश र सरकारको जय गाउँदै भक्तपुर क्वारेन्टाइनमा बसेका विद्यार्थीहरु घर फर्किए (फोटोफिचर)
Next articleबाँस्कोटा कमिसन प्रकरणः जवाफसहित उपस्थित हुन मिश्रलाई अदालतको पत्र
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।