Home Uncategorized बाँस्कोटा कमिसन प्रकरणः जवाफसहित उपस्थित हुन मिश्रलाई अदालतको पत्र

बाँस्कोटा कमिसन प्रकरणः जवाफसहित उपस्थित हुन मिश्रलाई अदालतको पत्र

निवर्तमान सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रलाई लिखित जवाफसहित उपस्थित हुन अदालतले म्याद जारी गरेको छ। 

गत शुक्रबार बाँस्कोटाले आफूमाथि झुठा आरोप लगाएको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए।

सोही मुद्दामा मिश्रलाई जारी गरिएको म्यादबारेको पत्र तामेलदारलाई पठाइसकिएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिए। अदालतले दिएको म्यादभित्र अब मिश्रले जवाफ दिनु पर्नेछ।

बाँस्कोटाले १६ फागुनमा आफूमाथि भ्रष्टचारको झुठो आरोप लगाएको भन्दै गाली बेइज्जतीमा मुद्दा दिएका हुन्।

अडियो बाहिरिएपछि बाँस्कोटाले ८ फागुनमा राजीनामा दिएका थिए।

जाजरकोट भूकम्प: पीडितलाई विभिन्न निकायको सहयोग

Previous articleयात्रुलाई स्वागत र विदाई गर्न नआउन विमानस्थल कार्यालयको आग्रह
Next articleपछिल्लो दुई महिनामा आए साढे १५ हजार चिनियाँ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।