जनकपुरधाम, १९ फागुन । प्रदेश २ को नाम टुंगो लगाउन २३ फागुनमा प्रदेशसभामा मतदान हुने भएको छ ।
प्रदेशको स्थायी राजधानी जनकपुरलाई बनाउने सहमति गरेका दलहरुबीच नामका विषयमा सहमति नहुँदा मतदान हुन लागेको हो ।
सभामुख सरोज यादवले धेरै पटक छलफल गरेपनि सहमति नभएपछि मतदान गर्न लागिएको बताए ।
प्रदेशको नामका विषयमा २२ फागुनमा छलफल हुने र २३ गते मतदान हुने छ।
संसदमा भएका चारवटै दलहरुको प्रस्ताव मतदानमा लगिने छ ।
सत्तारुढ समाजवादी र राजपाले मधेश, प्रमुख विपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जानकी, नेपाली कांग्रेसले मिथिला–भोजपुरा नाम प्रस्ताव गरेको छ ।
संविधानअनुसार प्रदेशको नाम र राजधानी तोक्न दुई तिहाई बहुमत आवश्यक परेपनि २ नम्बरमा कुनै दलसँग दुई तिहाई बहुमत छैन् ।
राजपा र समाजवादी मिल्दा समेत दुई तिहाई नपुग्ने हुँदा नामको विषयमा मतदानबाट पनि छिनोफानो हुने अवस्था भने देखिएको छैन् ।
The post प्रदेशको २ को नाम मतदानबाट टुंग्याइने, २३ गते निर्वाचन appeared first on Koshi Online.
आज २०७७ साल माघ १२ गते सोमबार ( 25 Jan 2020) तपाईको आजको दिन कस्तो छ? (राशिफल)


