‘म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम त्याग्नुस्’- नेता सिटौला

झापा, १९ फागुन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बताएकाछन् ।

झापाको चन्द्रगढीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कांग्रेसको १४औँ महाधिवेशनमा आफ्नो तेस्रो वैचारिक धारको अलग्गै टिम कायम रहने बताए ।

आगामी महाधिवेशनमा पार्टीको नेतृत्वबारे सञ्चारकर्मीले राखेको एक जिज्ञासामा उनले भने, “म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम आजै त्यागिदिनुस् ।”

उनले तोकिएको मितिमा कांग्रेसको महाधिवेशन हुन नसके सङ्गठनभित्र जटिल समस्या उत्पन्न हुने बताए ।

नेपाल विद्यार्थी सङ्घ, तरुण दल र महिला सङ्घलगायत पार्टीका भातृसंस्थाको महाधिवेशन पार्टीको भन्दा अगाडि गर्न नसकिए पनि शुभेच्छुक संस्था प्रेस युनियनको भने तोकिएको समयमै हुनुपर्ने बताए ।

The post ‘म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम त्याग्नुस्’- नेता सिटौला appeared first on Koshi Online.

रवि लामिछाने फेरी मु’द्दामा’मिलामा फ’स्ने सं’केत, अदा’लत जाने न्युज २४ को चे’तावनी

Previous articleजोखिम देखिए उडान अवतरणमै रोक लगाउन सर्वाेच्चकाे आदेश
Next articleप्रदेशको २ को नाम मतदानबाट टुंग्याइने, २३ गते निर्वाचन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।