राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आज सकिँदै, को–को परे?

काठमाडौं– राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आज सकिँदैछ। अर्थमन्त्री डा. युवराज खतिवडासहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल आज सकिने छ।

राति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिन लागेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ । मन्त्रिपरिषदले पुनःनियुक्तिका लागि सिफारिस नगरे अर्थमन्त्री डा. खतिवडाको कार्यकाल पनि आजै रातिदेखि सकिनेछ ।

आज कार्यकाल सकिने सांसदहरुमा नेकपाका नौजना रहेका छन् । डा. खतिवडा, कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण सिवाकोटी रहेका छन् ।

त्यसैगरी कांग्रेसका दुर्गाप्रसाद उपाध्याय, बद्रीप्रसाद पाण्डे, सुरेन्द्रराज पाण्डे, धनकुमारी खतिवडा, मुक्ताकुमारी यादव, विन्दा आले र सरिता प्रसाइँको कार्यकाल पनि आजैदेखि सकिँदैछ ।

राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लालको कार्यकाल पनि आजै सकिँदैछ । समाजवादी पार्टीका रामप्रित पासवानको कार्यकाल पनि आजै सकिनेछ ।

भोलिदेखि राष्ट्रिय सभामा कांग्रेसका ६ जना मात्रै सांसद रहनेछन् । राजपाका दुई र समाजवादी पाएका एकजना सांसद रहनेछन् भने बाँकी नेकपाका रहनेछन् ।

५९ सदस्यीय राष्ट्रिय सभा ९ जना मात्रै विपक्षमा रहेका राजनीतिक दलका सांसद रहनेछन् ।

शान्ति सम्झौतामा हस्ताक्षर भएको आज १७ वर्ष पूरा, द्वन्द्वपीडित अझै न्यायको पर्खाइमा

Previous articleनेकपाको प्रदेशस्तरी कार्यकर्ता प्रशिक्षण स्थगित
Next articleकोरोनाकाे सम्भावित जाेखिम राेक्न यसपाली हाेली नमनाउन आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।