विराटनगर, २० फागुन । सत्तारुढ नेकपाले आयोजना गर्न लागेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ ।
नेकपाले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आज सोमबार बिर्तामोडको सिटी सेन्टरमा आयोजना गर्ने भएको थियो ।
नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेका अनुसार सरकारले कोरोना भाइरसको कारण देखाउँदै सतर्कता अपनाउन आग्रह गरेपछि प्रशिक्षण कार्यक्रम स्थगित गरिएको हो ।
प्रशिक्षणमा प्रदेश १ का १४ वटा जिल्ला कमिटी र विराटनगर महानगर कमिटीका सचिवालय सदस्यहरु सहभागी हुने तय भएको थियो ।
The post नेकपाको प्रदेशस्तरी कार्यकर्ता प्रशिक्षण स्थगित appeared first on Koshi Online.
आज २०७७ साल माघ २१ गते बुधवार (०३ फेब्रुअरी २०२१) आजको दिन कस्तो छ? (राशिफल)


