काठमाडौं, ६ माघ । प्रतिनिधिसभाको सभामुख चयनका लागि १२ माघमा निर्वाचन हुने भएको छ । साेमबार उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले माघ १२ गतेका लागि सभामुख निर्वाचनको मिति तोकेका हुन् ।
संविधानले एउटै दलबाट सभामुख र उपसभामुख बन्न नमिल्ने व्यवस्था गरेको छ।
नेकपाले सभामुख पदमा दाबी गरेपछि सोही दलबाट उपसभामुख बनेकी तुम्बाहाङ्फेले राजीनामा दिएकी हुन् ।
आइतबार नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरिसकेको थियो ।
The post सभामुख चयनका लागि १२ माघमा निर्वाचन appeared first on Koshi Online.


