१३ औं तलाबाट हामफालेर मलेशियामा नेपाली युवाले फाले ज्यान

१३ औं तलाबाट हा’मफालेर मलेशियामा नेपाली युवाले फाले ज्यान

काठमाडौं : मलेसियामा वैदेशिक रोजगारीमा रहेका एक नेपाली कामदारले आ’त्मह’त्या गरेका छन् । अवै’धानिक हैसियतमा रहेका ३५ वर्षीय दिपक चौधरीले मलेसियाको सेवराङ्गजायामा आफू बस्ने भवनको १३ औं तल्लाबाट हा’मफालेर आ’त्मह’त्या गरेको बताइएको छ । चौधरी त्यहाँ सुरक्षागार्डको रुपमा काम गर्दै आएका थिए । उनको नेपाली ठेगान खुल्न बाँकी रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

उनी सोहि कण्डोमिनियमको छैटौ तलामा अरु देशका श्रमिकहरुसँग वस्ने गरेका थिए । सेक्युरिटि गार्डका रुपमा मलेसियामा कार्यरत रहेका उनी लामो समयदेखि अवै’धानिक अवस्थामा रहेका थिए । आफुलाई कहिले चितवन कहिले नवलपरासी घर वताउने भएपनि घर र ठेगानाको वारेमा पुरै परिचय खुलेको छैन ।

साईबर जाया डोमिनिकमा उनी सेक्युरिटि गार्डको रुपमा कार्यरत रहेका थिए । घटना हुना साथ प्रहरी आएर श’वलाई लिएर गएको र आफुहरुले यो भन्दा थप जानकारी केहि थाहा नभएको साथीहरुले जानकारी गराएका छन । श’व पोस्टमार्टमका लागि अस्पतालमा राखिएको पनि दूतावासले बताएको छ । (तस्बिर सांकेतिक रुपमा प्रयोग गरिएको )

https://ujyaalonepalnews.com/archives/15356

Previous articleरसौलीमा जारी नकआउट फुटबल प्रतियोगितामा भद्रकाली युवा क्लबको विजयी सुरुवात ( फोटो फिचर )
Next articleसाउदी: ०७ अगस्टको सुचना, नयाँ पासपोर्ट बनेर आईपुग्यो, तपाईको पनि आयो कि?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।