सिद्धबाबा जिल्ला अदालत सुनसरीमा उपस्थित, आजै कारागार चलान गरिने

सुनसरी । बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन् । गत माघ ९ गते उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पनि भारततर्फ भागेका उनी आज अदालतमा उपस्थित भएका हुन् । अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने छनक पाएपछि उनी भारततिर भागेका थिए ।

उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत बिराटनगर पुगेको थियो । उनलाई आजै कारागार चलान गर्ने तयारी रहेको छ ।

The post सिद्धबाबा जिल्ला अदालत सुनसरीमा उपस्थित, आजै कारागार चलान गरिने appeared first on Rajdhani Daily News.

विनयले खाने भए जे’लको हावा; उ’जुरी बोकेर प्रहरी चौकि पुगिन सपना

Previous articleहिमालय एयरलाइन्सले भित्र्यायो नयाँ जहाज
Next article२० वर्षमा त्रेतायुगिन झझल्को दिने जनकपुरधामको परिकल्पना गर्नुपर्छ : मुख्यमन्त्री राउत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।