२० वर्षमा त्रेतायुगिन झझल्को दिने जनकपुरधामको परिकल्पना गर्नुपर्छ : मुख्यमन्त्री राउत

0
63

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अगामी २० वर्षमा त्रेतायुगिन झझल्को दिने जनकपुरधामको परिकल्पना गर्नुपर्ने बताएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको ‘जनकपुरधाम २०४०’ दुरगामी सोच निर्धारण तथा समावेशी आर्थिक विकास योजना तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठीको समुदघाटन सत्रमा मुख्यमन्त्री राउतले धार्मिक एतिहासिक महत्व बोकेको जनकपुरधामलाई त्यसै अनुरुप विकास गर्नु पर्ने बताए ।

उनले प्रदेश २ को स्थायी राजधानी हुने प्रायः निश्चित रहेको जनकपुरधामको दिर्घकालीन विकासको योजना बनाउदा जनकपुरधामको एतिहासिक साँस्कृतिक महत्व र राजधानीको आवश्यकतालाई ध्यानमा राख्न सुझाव समेत दिए । मुख्यमन्त्री राउतले जनकपुरमा भइरहेको अनियन्त्रित बस्ती विकासलाई रोक्दै नगर क्षेत्र भित्र शिक्षा, स्वास्थ्य र व्यापारिक केन्द्रहरुको लागि स्पेशल जोन सहितको अवधारणा ल्याउनु आवश्यक रहेको उल्लेख गरे ।

जनकपुरधाम उपमहानगरले २० वर्ष पछिको जनकपुरको परिकल्पनासहित ल्याउने गुरुयोजनामा तीनै तहको सरकारले गर्नुपर्ने काम बारे स्पष्ट व्यवस्था गर्न सुझाव दिँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले गर्नु पर्ने कार्यमा प्रदेश सरकार प्रतिवद्ध रहने उल्लेख गरे ।

नगर प्रमुख लाल किशोर साहको अध्यक्षतामा भएको उदघाटन सत्रमा उपमेयर रिता मिश्रले स्वागत मन्तव्य रखेका थिए भने सुदृढ परियोजनाको नीति सल्लाहकार कृष्ण ज्ञवालीले कार्यशालाको उद्देश्यबारे प्रकाश पारेका थिए । दुई दिने उक्त कार्यशालामा उपमहानगरपालिकाका पदाधिकारीहरु, नागरिक समाजका प्रतिनिधि, विज्ञसहितको उपस्थिति रहेको छ ।

The post २० वर्षमा त्रेतायुगिन झझल्को दिने जनकपुरधामको परिकल्पना गर्नुपर्छ : मुख्यमन्त्री राउत appeared first on Rajdhani Daily News.

को हुन त ज्वा’ला का प्रेमी? भ्यालेन्टाईनमा गरिन् प्रेमी सार्वजनिक

Previous articleसांसदको हदैसम्मको गैरजिम्मेवारी
Next articleकोरोना भित्रिन नदिन जिल्लामा उच्च सतर्कता