Home Uncategorized अमेरिकी उपराष्ट्रपति पेन्सले भनेः कोरोनाको औषधि तयार हुन छ सात महिना लाग्छ

अमेरिकी उपराष्ट्रपति पेन्सले भनेः कोरोनाको औषधि तयार हुन छ सात महिना लाग्छ

“यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान गर्ने चिकित्सा सेवा आगामी अगष्ट वा सेप्टेम्बरसम्ममा उपलब्ध हुनेछ,” उपराष्ट्रपति पेन्सले भने।

अमेरिकी औषधि कम्पनीहरूले नयाँ कोरोना भाइरसको उपचारका औषधि र खोपहरू विकास गर्न एकअर्कासँग सूचना आदानप्रदान सहित संयुक्त प्रयास गरिरहेको बताइएको छ।

कोरोना भाइरस सङ्क्रमित चार अमेरिकी नागरिकको सोमबार मृत्यु भएको थियो, र योसहित कूल मृत्यु हुनेको संख्या बढेर छ जना पुगेको छ। अमेरिकामा भाइरल सङ्क्रमित व्यक्तिको संख्या १०० पुगिसकेको छ।

सोमबारसम्म विश्वभर यस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३,००० नाघि सकेको छ। यीमध्ये अधिकांश व्यक्ति चीनका रहेका छन्। यद्यपि अन्य मुलुकमा नयाँ सङ्क्रमण दर चीनमा भन्दा १० गुणा बढी रहेको देखिएको संयुक्त राष्ट्र विश्व स्वास्थ्य संगठनले जनाएको छ।

विश्वभर हाल करिब ८८ हजार ९४८ जना कोरोना सङ्क्रमित छन्।

अमेरिकाको फ्लोरिडा र वासिङ्टन राज्यमा सार्वजनिक स्वास्थ्य आपतकालीन स्थिति घोषणा गरिएको छ। रासस/एएनआई

सा’बिती बया’न: ‘भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन्​, ध’क्का दिँदा ल’डेर बे’हाेस् भइन् अनि घाँ’टी थि’चेर ह’त्या गरेँ’

Previous articleकाठमाडौँ धुलोमुक्त भएन : भित्री सडकमा ब्रुमर लगाउने समस्या
Next articleआत्मसर्मपण गर्दै अदालतमा उपस्थित भएका कृष्णदास कारागार चलान (अपडेट)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।