प्राकृतिक जीवनशैलीमा बाँच्न सिकाउन वडा नं. १६ मा अर्गानिक कृषि पाठशाला

उज्यालो दर्पण- कृषिउपजमा जथाभावी रासायनिक विषादीको प्रयोगको कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । विषादी युक्त खाना खाएकै कारण हामीले दिनदिनै शारीरिक र मानसिक समस्या झेल्नुपरिरहेको छ। मान्छेलाई यस्तो समस्याबाट मुक्त गराई प्राकृतिक जीवनशैलीमा बाँच्न सिकाउने उद्धेश्यले रत्ननगरको वडा नं. १६ ले ‘अर्गानिक कृषि पाठशाला’ संचालन गरेको छ ।

प्राकृतिक स्वास्थ्य विज्ञानमार्फत स्वस्थ्य समाज निर्माणको लागी विषादीरहित कृषि उपज उत्पादन गर्ने उद्देश्यले वडा कार्यालयले नेपाल बायो कृषि उत्पादन केन्द्र संगको सहकार्यमा शनिबार एकदिने पाठशाला संचालन गरेको हो ।

आफ्नो खेतबारीमा उत्पादन हुँदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको उत्पादनमा रासायनिक मल र विषादीको प्रयोग बिना कसरी उत्पादन लिन सकिन्छ भन्ने विषयमा जानकारी प्रदान गर्न ‘ अर्गानिक कृषि पाठशाला ’ महत्वपूर्ण हुने वडाध्यक्ष हेमराज थापाले बताए ।

पाठशालामा ५० भन्दा बढी कृषकहरु सहभागी थिए । सहभागीहरुलाई कृषि विज्ञ डा. निरोज पौडेल, नेपाल बायो कृषि उत्पादन प्रा.लिका अध्यक्ष मार्कणडेय अधिकारी लगायतले सहजीकरण गरेका थिए ।

कार्यक्रममा वडा सदस्यहरु चिजकुमार श्रेष्ठ, रिता वि.क, पिठुवा स्वास्थ्य चौकी प्रमुख नरहरी श्याम शर्मा, पिठुवा दुग्ध उत्पादक सहकारीका अध्यक्ष गंगाराम गुरुङ, पिठुवा सिंचाईका अध्यक्ष देवबहादुर राना लगायतको उपस्थिति थियो। कार्यक्रम वडाकार्यालयका कम्प्युटर अपरेटर उज्ज्वल देवकोटाले संचालन गरेका थिए ।

Previous articleऐतिहासिक सफलता प्राप्त गर्दै सकियो चितवन महोत्सव : ५ लाख सहभागि, ३० करोडको कारोबार
Next articleकालिकामा सहिद तथा वेपत्ताका परिवारलाई एकदिने अभिमुखिकरण तथा सम्मान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।