‘जहिलै कितावकै पिरलो’ पुस्तक विनै पढाई सुरु

कालिकोट। पुस्तक नपाएरै परिक्षा दिनु पर्ने यहाँका विद्यार्थीहरुको समस्या यो वर्षमा पनि अझै उस्तै हुने भएको छ । कालिकोटकोे नयाँ शैक्षिक शत्र शुरु भई विद्यालय खुलेको एकमिहना बित्न लाग्दासमेत विद्यालय जाने बालबालिकाको हातमा किताब पुगेका छैनन् ।

जिल्लाका हिमाली जिल्लामा पर्ने तिलागुफा नगरपालिका र महावैका केहि विद्यालयमा पुस्तक नपुग्दै पढाई सुरु भएको छ । विगतका दिनझै यो वर्षमा पनि किताव नपुगेरै परिक्षा दिनु पर्ने वाध्यता कायमै रहने भएको छ । तिलागुफा वाहेक अरु स्थानीय तहका विद्यालयहरुमा अहिले वार्षिक परिक्षा चलिरहेको छ । भने, तिलागुफा र महावैका ३१ वटा विद्यालय मध्यमा अझै १० वटा विद्यालयमा किताव नपुग्दै पढाई सुरु भएको छ ।

हिमाली क्षेत्रका विद्यालयमा शैक्षिक शत्रसुरु भएको महिना पुगिसक्दा पनि विद्यालयमा पुस्तक आउने कुनै छाटकाँट नरहेको सत्यदेवी माविका प्रधानाध्यापक नमराज शर्माले बताए । पुस्तको भरमा विद्यालय बन्द गराँै भने, ‘कोर्ष नसकिने भएकाले पुराना पुस्तक दिएर पढाई सुरु गरेका छौँ । पुराना पुस्तक पनि सवै विद्यार्थिको हातमा छैनन , ‘पाँच विद्यर्थी वरावर एक सेट पुरानो पुस्तक दिएर पढाई सुरु गरेका छौँ ।

कितावको जिम्मा पाएका जिल्लाका निजि पुस्तक पसलहले अहिले सम्म किताव ल्याउन सकिरहेका छैनन । पुराना केहि सेट पुस्तक पुगेका छन , भने, ‘वाँकि पुस्तकनै नछापेका कारण विद्यालयमा पुर¥याउन नसकेको नगरपालिका शिक्षा संयोजक लिलाराज वमले बताए । यस्तै जिल्ला भरिको पुस्तक ल्याउने जिम्मा पाएको हाम्रो स्टेशसनरि सेन्टरले पनि जनक शिक्षा सामागि केन्द्रले, अहिले सम्म किताव नछापेका कारण आफुहरुले समयमै किताव ल्याउन नसकेको पसलका संचालक राजकुमार शाहीले बताए ।

जनक शिक्षा सामाग्रि केन्द्रले पुराना किताव लैजाउ मात्र भनेको छ, कक्षा ७ र २ कक्षाको कोर्ष परिवर्तन गरेका कारण अहिले सम्म किताव खरिदको कुनै सुर सार नरहेको उनले बताए । यहि कारणले जहिले पनि दुर्गमका विद्यार्थि कमजोर हुने गरेको हो । किताव नपाएरै परिक्षा दिनु पर्ने वाध्यतावाट अहिलेको वर्षमा पनि मुक्क्ती नपाउने देखिन्छ ।

पाठ्यपुस्तक सन्दर्भ सामाग्री हो, तर बालबालिकाको क्षमताअनुसार सन्दर्भ सामाग्री नभई अध्ययन गराउन शिक्षकलाई समस्या हुने प्रधानाध्यापक शर्माको दावी छ । च्यातिएका पुराना किताब बाँड्दा पनि बालबालिकाको हातमा एक विषयको किताब मात्र पुग्ने गरेको छ । शिक्षामा स्थानीय सरकारको चासो नै नभएको अन्य शिक्षकको पनि गुनासो छ।
बालबालिका दैनिक पुराना किताब बोकेर विद्यालय जाने गरेको अभिभावक अलि बहादुर विकले बताए ।

स्थानीय एजेन्टले पाठ्य पुस्तक खरिद गरी ढुवानीमा ढिलाइ गरेपछि तत्काल विद्यालयमा पाठ्यपुस्तक र्पु¥याउन निर्देशन दिएको नगरपालिका प्रमुख रतन बहादुर शाहिले जानकारी दिए । केहि विद्यालयमा त पाठ्यपुस्तक पुगिसकेका छन । केहिमा मात्र पुग्न वाँकी छन यस विषयमा आफु गम्भीर भएको उनले बताए।
तिलागुफा र महावैका केहि विद्यालयका २० प्रतिशत बालबालिका पाठ्यपुस्तकबाट बञ्चित रहेका छन् । शिक्षा विकास तथा समन्वय ईकाइले खरिद तथा ढुवानी गर्न नपाउने भएपछि स्थानीय सरकारले खरिद गर्दा बालबालिका नयाँ पाठ्यपुस्तक पाउनबाट बञ्चित भएका हुन्।

स्थानीय सरकार आएपनि समयमै दुर्गमका विद्यालयमा किताव पुगेनन । स्थानीय सरकार देखिने विकासको होडवाजिमा मात्र चासो देखाउने गरेको नागरिक समाज कालिकोटका अध्यक्ष कालि बहादुर मल्लले बताए । उनका अनुसार, कालिकोटका स्थानीय तह अहिले सम्म पनि कर्मचारी र जनप्रतिनिधि कार्यालयमा आइपुगेका छैनन । देखिने विकासमा मात्र चासो देखाएका छन, विगतका वर्षमा यस क्षेत्रका विद्यायर्थिले किताव हातमा नआएरै वार्षिक परिक्षा दिनु परेको थियो । यो वर्षमा पनि किताव नपुगेरै परिक्षा दिनु पर्ने निश्चत जस्तै छ ।

The post ‘जहिलै कितावकै पिरलो’ पुस्तक विनै पढाई सुरु appeared first on Rajdhani Daily News.

साउदीमा के गर्न हुन्छ के गर्न हुँदैन? दुतावासले जारी गर्यो यस्तो सुचना

Previous articleसार्वजनिक जग्गा निजीकरण गर्दै स्थानीय सरकार !
Next articleनारायणी नदीमा झोलुङ्गे पुल निर्माणले तिव्रता पाएपछि सुस्ताबासी उत्साही
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।