संक्रमितहरु स्वस्थ बनेपछि चीनले बन्द गर्‍यो वुहानको अस्थायी अस्पताल

सोमबारसम्म कोरोनाबाट संक्रमित सबै निको भएपछि मंगलबार वुहानको एक अस्पताल बन्द गरिएको सीसीटीभीले जनाएको छ।

वुहान हुपेइ प्रान्तमा अवस्थित शहर हो। सोही शहरमा पहिलो कोरोना संक्रमित भेटिएको थियो।

हुपेइमा कोरोना संक्रमित उपचार गर्न १६ वटा अस्थायी अस्पताल ६ देखि १० दिनभित्र बनाइएको थियो।

सोमबार अन्तिम दिन ३४ जना व्यक्तिहरु उक्त अस्पतालबाट डिस्चार्ज गरिएको बताइएको छ। अन्य धेरै मानिसहरु पहिले नै उपचार पनि निको बनेर घर फर्किएका थिए।

हुपेइमा हालसम्म ६७ हजार कोरोनाबाट संक्रमित मानिस छन्। पुरै चीनमा भने हालसम्म ८० हजार १५१ मा कोरोनाको संक्रमण देखिएको छ। त्यहाँ २९ सय ४३ को मृत्यु भइसकेको छ।

विश्वभर भने ९२ हजार १५३ संक्रमित छन्। हाल इरानमा संक्रमितको संख्या घट्न थालेको छ। बाहिरी मूलुकमा भने संक्रमित बढ्न थालेका छन्। एजेन्सी

हालसम्म विश्वभर ४८ हजार २ जना कोरोनाको उपचार पछि घर फर्किएका छन्। तीमध्ये ४० हजारभन्दा बढी चिनियाँ हुन्।

गोरखामा घ’ट्यो यस्तो घ’टना: १४ वर्षिया किशोरीको पेटमा ६५ वर्षीय हजुरबुबाको ग’र्भ (भिडियो)

Previous articleकोरोनाबाट २३ इरानी सांसद र स्वास्थ्य सेवा प्रमुख नै संक्रमित
Next articleपूर्व डीआईजी महेशविक्रम शाहमाथि ३३ लाख ३८ हजार रुपैंयाको भ्रष्टाचार मुद्दा दायर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।