माइभ्याली पहिलो पटक सेमिफाईनलमा

इलाम । आयोजक माइभ्याली फुटवल क्लब इलाममा जारी माइभ्याली गोल्डककोको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा पाहुना टोली भारत कोलकत्ताको मोहम्मडन स्पोर्टिङ क्लब कोलकत्तालाई २–१ गोल अन्तरले पराजीत गर्दै माइभ्याली सेमिपलाईनलमा प्रवेश गरेको हो । माइभ्याली गोल्डकपमा आयोजक पहिलो पटक सेमीफाइनलमा पुगेको हो । सेमिफाईनलमा आयोजकसंगै मछिन्द्र क्लब, मानेभञ्ज्याङ फुटबल क्लब र भित्रुवन आर्मी क्लबले स्थान सुरक्षित गरेको छन् ।

आयोजकले खेलको चौथो मिनेटमा जुनियर ओनगुनेले गोल गर्दै टिमलाई अग्रता दिलाए । कोलकत्ताले पहिलो आफको अन्तिम मिनेटमा बराबरी गोल फर्काएको थियो । खेलको ४४ औ मिनेटमा केरिमेच बनार्डले फ्रिकिक मार्फत गोल गर्दै टिमलाई १–१ को अवस्थामा पु¥याए । गोल रक्षकले एसके सदिक उदिनले पेनाल्टी यरियामा पक्रेको बल लिएर पेनाल्टी एरिया बाहिर निस्किएपछि कोलकत्ताले फ्रिकिको अवसर पाएको थियो । सोही अवसर कोलकत्ताको लागि मध्यान्तरअघि गोल बरारबी गर्ने मौका बन्यो ।

 

खेलको अतिरित्त समयमा एन्ड्रेथेरि ब्याकले आयोजक माइभ्यालीको लागि निर्णयक गोल गरे । खेलको अतिरित्त समयमा कोलकत्ताको मोसेस ललरिन ज्वालले सरण बस्नेतलाई फाउल गरेपछि आयोजकले फिकिको मौका पाएको थियो । एन्ड्रेथेरि ब्याकले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएको थियो । निर्णयक गोल गरेका । एन्ड्रेथेरि ब्याक खेलको म्यान अफदि म्याच घोषित भए । उनले दश हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।

कोलकत्ताको तुलनामा आयोजकले बढि मौका निकालेको थियो । तर, आयोजकको फिनिसिङ लाईन कमजोर देखियो । जोर्डन जुनियर नेडेम्बाले गोल रक्षकसंग वन भर्सेस वानको अवस्थामा पनि गोल गर्न सकेनन् । मनिस थापाले पेनाल्टी क्षेत्रबाट गरेको प्राहारले सहि दिसा लिएन । विशाल तामाङ्गले पनि पाएको राम्रो मौका सदुपयोग गर्न नसकेपछि जितको लागि अतिरिक्त समयसम्म पर्खनु प¥यो ।

माइभ्याली गोल्डकपमा पहिलो पटक सहभागी कोलकत्ताका प्रशिक्षक मुरारी कारले क्लबको अर्को टिम आइलिगमा खेलिरहेकाले आफ्नो टिम कमजोर र प्रतिष्पर्धी टिम बलियो रहेकाले हार ब्यहोुर्न परेको प्रतिक्रिया दिए । माइभ्यालीका प्रशिक्षक दर्शन भक्तरालले कलेक्सन टिम भएको तालमेल राम्रो हुन नसकेकाले पाएको थुपै्र अवसर गुमेको बताए । बुधबार पहिलो सेमी फाइनल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जीलिङले सहिद स्मारक ए डिभिजन लिगको बिजेता मछिन्द्रको सामना गर्नेछ । अन्तिम सेमीफाइनल खेलमा आयोजक माइभ्यालीले त्रिभुवन आर्मीसंग फाइनल यात्राको लागि प्रतिष्पर्धा गर्नेछ । २४ गते सम्पन्न हुने प्रतियोगीताको विजेताले आठ लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् ।

The post माइभ्याली पहिलो पटक सेमिफाईनलमा appeared first on Rajdhani Daily News.

१३ अप्रिल देखि सुरु हुने रमादानमा कति बजेदेखि कति बजे सम्म काम गर्न पर्ला ? यस्तो छ सरकारी सुचना

Previous articleकोरोना परिक्षण गर्न अस्पताल भर्ना भएका घर फर्किए
Next articleचीनबाट भागेर फर्किए एक नेपाली, कोरोनाको आशंकामा हुम्लामा उपचार गरिँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।