Home Uncategorized कोरोना परिक्षण गर्न अस्पताल भर्ना भएका घर फर्किए

कोरोना परिक्षण गर्न अस्पताल भर्ना भएका घर फर्किए

काठमाडाै । चीन र दक्षिण कोरियाबाट फर्किएका चार नेपाली कोरोना भाइरसबाट सङ्क्रमित नभएको पाइएको छ । दक्षिण कोरियाबाट फर्किएका चार तथा चीनबाट फर्किएका एक नेपालीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

कोरियाबाट फर्किएका तीन तथा चीनबाट फर्किएका एक जनामा कोरोना भाइरसको परीक्षण नतिजा ‘नेगेटिभ’ भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख सागर दाहालले जानकारी दिए । “चारजनाको स्वास्थ्य परीक्षण नतिजा नेगेटिभ पाइयो, कोरियाबाट फर्किएका एक जनाको स्वास्थ्य रिपोर्ट आउन बाँकी छ”, उनले भने । उनीहरुमा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि ‘आइसोलेसन’मा राखिएको थियो ।

चीनबाट घर फर्किएकालाई शनिबार तथा कोरियाबाट फर्किएकालाई आइतबार आइसोलेसनमा राखिएको थियो । “चारै जना घर फर्किएका छन्”, केन्द्रका प्रमुख दाहालले भने।

The post कोरोना परिक्षण गर्न अस्पताल भर्ना भएका घर फर्किए appeared first on Rajdhani Daily News.

म विदेशमै जे’ल परें, घरमा म हरा’एकाे हल्ला चलेछ’

Previous articleपार्टी भित्रको दरार नमिलाई सुख छैन : अध्यक्षद्वय
Next articleमाइभ्याली पहिलो पटक सेमिफाईनलमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।