नेतान्याहूले बहुमत ल्याउन नसक्ने मतसर्वेक्षणको अनुमान

0
68

जेरुसेलम । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टी यस पटकको निर्वाचनमा पनि सबैभन्दा ठूलो पार्टीका रूपमा देखापर्ने अनुमान गरिएको छ । बहुमतको सरकार गठन हुन नसकेपछि एकै वर्षको अवधिमा भइरहेको तेस्रो आमनिर्वाचनले फेरि पनि बहुमतको सरकार गठन हुन नसक्ने चुनावी मतसर्वेक्षणले देखाएको हो ।
भ्रष्टाचारको आरोपमा अदालतमा सुनुवाई हुन लागेकै अवस्थामा प्रधानमन्त्री नेतान्याहूलाई संसद्मा बहुमत जुटाउन अन्य दलको समर्थन प्राप्त हुनेमा आशंका उत्पन्न भएको छ । सोमबार सम्पन्न चुनावमा लिकुड पार्टी र यसका कट्टर धार्मिक तथा राष्ट्रवादी गठबन्धनले ५९ स्थान जित्ने देखिएको छ । बहुमतका लागि सो गठबन्धनलाई दुई स्थानको कमी हुनेछ ।

प्रधानमन्त्रीका विपक्षीले ६१ स्थानसहित बहुमत पाउने अनुमान गरिएको थियो । तर मुख्य चुनौती दिने ब्लूएन्ड ह्वाइट पार्टीले अपेक्षाकृत कम स्थान जित्ने अनुमान गरिएको छ । विपक्षी खण्डित अवस्थामा रहेका छन् । पछिल्लो चुनावी परिस्थितिले इजरायलको राजनीतिक प्रणालीमा कठिन अवस्था अझै रहेको सङ्केत गरेका छन् ।
गएरातिदेखि नै मतगणना जारी रहे पनि आधिकारिक मतपरिणाम निकै ढिलो भइरहेको छ । मङ्गलबार बिहान करिब १४ प्रतिशत मात्र मतगणना भएको छ । प्रधानमन्त्री नेतान्याहूले राति करिब साढे २ बजे आफ्ना हजारौं उत्साही समर्थकको भीडलाई सम्बोधन गर्दै आफू ‘विशाल विजय’ तर्फ अग्रसर भएको दाबी गरेका छन् ।

‘हामी विषम परिस्थितिमा पनि विजयोन्मुख छौँ, किनकि हामी शक्तिशाली शक्तिको बिरूद्ध खडा भयौँ,’ उनले भने, ‘हाम्रा विपक्षीले नेतान्याहू युग सकिएको दाबी गरेपनि उनीहरु नै हाम्रा प्रशंसक भएर अगाडि आएका छन् ।’
उनले सरकार गठनका लागि तत्काल नयाँ गठबन्धन निर्माण गर्ने र पश्चिमी किनाराका ठूलो भागलाई कब्जामा लिइने कट्टरपन्थी एजेन्डालाई अगाडि बढाउने दृढता व्यक्त गरे । प्रधानमन्त्रीको यस्तो कदमले प्यालेस्टाइन राज्य स्थापनाको बाँकी सम्भावनालाई निरुत्साहित गर्नेछ ।

ठूलै उत्सवका बावजूद नेतान्याहूलाई नयाँ सरकार गठन गर्न कठिनाइ हुन सक्नेछ । सुरुमा प्रधानमन्त्री नेतान्याहूकै दल विजयी हुने अनुमान गरिए पनि मतसर्वेक्षणले एउटा कडा प्रतिस्पर्धाको पूर्वानुमान गरेका थिए । सर्वेक्षणले प्रधानमन्त्रीले चाहेको संसदीय बहुमत प्राप्त गर्न कठिन हुने देखाएको छ ।

यदि आधिकारिक नतिजासँग मतसर्वेक्षण मिल्दोजुल्दो देखिए नेतान्याहू विरुद्धको मुद्दाको सुनुवाई मार्च १७ मा हुन सक्नेछ । गत नोभेम्बरमा नेतान्याहूमाथि धोखाधडी, विश्वास उल्लंघन र घूस प्रकरणमा अभियोग लगाइएको थियो ।
इजरायली इतिहासमा बहालवाला प्रधानमन्त्रीमाथि घुस प्रकरणमा अभियोग लगाइएको यो पहिलो पटक हो । उनले आफूमाथि लागेका आरोपलाई निरन्तर अस्वीकार गरिरहेका छन् । उनको भनाइमा प्रहरी, अभियोजक र सञ्चारमाध्यमले आफूमाथि अनावश्यक दबाब दिएको बताए ।

The post नेतान्याहूले बहुमत ल्याउन नसक्ने मतसर्वेक्षणको अनुमान appeared first on Rajdhani Daily News.

विदेश जानको लागी पिसिआर कुन अस्पतालमा गर्ने? सरकारले दियो यस्तो जानकारी

Previous articleकोरोना भाइरसको डरले देशभरका स्कूल छिट्टै बन्द गर्ने तयारीमा सरकार
Next articleपशुपति नाथको दर्शन गरि आजको राशिफल हेर्नुहोस।