Home Uncategorized कमल हासनविरुद्ध उजुरीसँगै सोधपुछ सुरु

कमल हासनविरुद्ध उजुरीसँगै सोधपुछ सुरु

मुम्बई । भारतीय अभिनेता कमल हासनलाई केन्द्रीय अपराध शाखाले सोधपुछ गरेको छ । उनले निर्माण गरिरहेको फिल्म ‘इन्डियन २’को सुटिङमा भएको दुर्घटना र मृतकको बारेमा यी अभिनेतालाई अपराध महाशाखामा बोलाएर प्रहरीले सोधपुछ सुरु गरेको हो ।

सो दुर्घटनाबाट आफूहरूलाई ठूलो घाटा भएको तर प्रहरीले उल्टै सो दुर्घटनाबारे आफूलाई दुःख दिन थालेको अभिनेता हासनले बताएका छन् । गत २० फेब्रुअरीमा फिल्म इन्डियाना २ को छायांकनको क्रममा छायांकन स्थलमा क्रेन पल्टँदा घटनास्थलमै क्रेनले च्यापिएर तीन जनाको ज्यान गएको थियो । सो दुर्घटनामा १० जना घाइते भएका थिए । दुर्घटनामा कमल हासन भने जोगिएका थिए ।

प्रहरीले अभिनेता निर्माता हासनसँगै फिल्ममा क्रेन चलाउनेलाई पनि कार्यालयमा बोलाएर सोधपुछ गरिरहेको छ । मृतकहरूको परिवारको उजुरीको आधारमा चेन्नई प्रहरीले भारतीय दण्ड संहिताको विभिन्न धाराको आधारमा निर्माण पक्षविरुद्ध मुद्दा चलाएको छ । जसमा निर्माण पक्षको लापरबाहीले तीन जनाको ज्यान गएको र १० जना घाइते भएको जिकिर गरिएको छ । सो जिकिरको आधारमा अभिनेता कमल हासनलाई पनि प्रहरीले आफ्नो कार्यालयमा बोलाएर घन्टौं सोधपुछ गरेको हो ।

सो घटनामा मृत्यु भएका परिवारलाई एक करोड रुपैयाँ दिने घोषणा निर्माता अभिनेता हासनले गरिसकेका छन् । आफ्नो सुटिङमा भएको सो दुर्घटनाले तीन जनाको ज्यान लिँदा आफू सबैभन्दा बढी दुःखी भएको र मृतकका परिवारलाई अन्य कुरामा पनि आफ्नो टोलीले सहयोग गर्ने पनि उनले बताएका छन् ।

The post कमल हासनविरुद्ध उजुरीसँगै सोधपुछ सुरु appeared first on Rajdhani Daily News.

आन्तरिक उडान बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय, २२ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान रोकिने

Previous articleएसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले आज थाइल्याण्डसँग खेल्दै
Next articleनीरफूलको ट्रेलरमा भूकम्पपीडितको पीडा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।